ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनकोसी नदीमा खसेको अवस्थामा मोटरसाइकल भेटियो, यात्रु खोज्दै प्रहरी


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ११ : ३६   बजे

काठमाडौं १३ माघ । सिन्धुलीको सुनकोसी नदीमा खसेको अवस्थामा एउटा मोटरसाइकल फेला परेको छ। तर, यात्रु भने नभेटिएका प्रहरीले जनाएको छ। मोटरसाइकल चालक नदीमा बेपत्ता भएको आशंका गरिएको छ।

बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका( ७ स्थित सडकबाट ज १० प २६०४ नम्बरको मोटरसाइकल सुनकोसी नदीमा खसेको अवस्थामा फेला परेको हो।

नदीमा डुबेको अवस्थामा आज बिहान मोटरसाइकल र झोला फेला परे पनि त्यसमा सवार यात्रुलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर सुनिल चौरसियाले जानकारी दिए।

मोटरसाइकलसँगै फेला परेको झोलामा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर( ७ ठेगाना भएका युवकको ब्लुबुक पनि फेला परेको छ।

‘झोलासँगैको ब्लुबुक र मोटरसाइकल नदीबाट निकालेका छौँ,’ इन्सपेक्टर चौरसियाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ ब्लुबुकमा उल्लेख नाम भने प्रहरीले खुलाएको छैन।

दुर्घटना गएराति नै भएको अनुमान प्रहरीले गरेको छ। खुर्कोटस्थित इलाका प्रहरी कार्यालयले भने घटनाबारे आइतबार बिहान ८ बजे मात्रै जानकारी पाएको जनाएको छ।

नदीमा बेपत्ता यात्रुको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इन्सपेक्टर चौरसियाले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागलुङमा पहिरोले घरमा क्षति, परिवारलाई सुरक्षित स्थानमा सारियो

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध, बाढीले झिनु तातोपानीमा क्षति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu