ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरामा प्रहरी र स्थानीयबीच झडप, ३ प्रहरी गम्भीर घाइते


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   ११ : ३८   बजे

काठमाडौं १३ माघ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ।

शुक्रबार साँझ भएको झडपमा परेर तीनजना प्रहरी गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि राति नै विराटनगर ल्याइएको छ।

शनिबार साँझ आन्दोलनकारीले हतियार राखेको भन्दै प्रहरीले सर्च सुरु गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको हो।

प्रहरी टोलीलाई आन्दोलनकारीले सर्चमा अवरोध गरेपछि प्रहरीले बल प्रयोग गर्दै अश्रु ग्यास प्रहार गरेको थियो। झडपको क्रममा प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको छ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले प्रहरीले तीन थान खुकुरी र एक थान गुलेली बरामद गरेको जानकारी दिइन्।

दुई पक्षबीचको झडपमा तीनजना प्रहरी घाइते भएका प्रजिअ खड्काले बताइन्। झडपमा केही आन्दोलनकारी पनि घाइते भएका छन्।

मुक्कुमुलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमकाअनुसार एक आन्दोलनकारीलाई प्रहरीले प्रहार गरेको गोली लागेको छ। ‘प्रहरीले ज्यादती गरेपछि बलु डाँडामा दोहोरो भिडन्त भयो। कुम छेउमा एकजना स्थानीयलाई गोली लागेको छ’ लिङ्खिमले नेपालखबरसँग भने, ‘केही साथी घाइते हुनु भएको छ।’

तर, स्थानीय प्रशासनले भने आन्दोलनकारीलाई गोली नहानेको दाबी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu