ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ करोड ठगी गरेर शुभ समृद्धि सहकारी सञ्चालक समितिका सबै फरार, १० जनाविरुद्ध मुद्दा


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   १२ : १३   बजे

काठमाडौं १३ माघ । बचतकर्ताको पाँच करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेर ललितपुरमा रहेको शुभ समृद्धि सहकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण सञ्चालक समिति सदस्य फरार भएका छन्।

ललितपुरको मानभवनमा कार्यालय रहेको यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले पाँच करोड बढी रकम ठगी गरेको निष्कर्ष निकाल्दै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा पठाएको थियो । प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा सञ्चालक समितिका १० जनालाई प्रतिवादी बनाउँदै १० माघमा मुद्दा दायर गरेको छ ।

प्रतिवादी हुनेमा सहकारीका अध्यक्ष रामेछाप घर भएका ३८ वर्षीय निरबहादुर श्रेष्ठ, उपाध्यक्ष ३४ वर्षीय सञ्जय निरौला, सचिव ३२ वर्षीय सुमन कार्की, कोषाध्यक्ष ३८ वर्षीय रेशमलाल भट्टराई, सञ्चालक समिति सदस्य ३१ वर्षीय विकाश शिवाकोटी, ३१ वर्षीया भावना तिमल्सिना, ३७ वर्षीय केदारबाबु कटुवाल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक ३१ वर्षीय विवश मिधुन मगर, सुपरीवेक्षण समितिका सदस्य ३४ वर्षीय प्रेमबहादुर बस्नेत, अर्का सदस्य ३८ वर्षीया शर्मिला शाक्य छन् ।

 

प्रतिवादी बनाइएका मध्ये कोषाध्यक्ष रमेशलाल भट्टराई यसअघि बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेको समेत खुलेको छ । ७ माघ २०८० मा उनीविरुद्ध ललितपुरबाटै बैंकिङ कसुरको मुद्दा चलेको थियो । त्यतिबेला उनीविरुद्ध २१ लाख ४० हजार बिगो भराउने, क्षतिपूर्ति वापत ८५ हजार ६०० रुपैयाँ पीडित राहत कोषमा भराउने र ५ दिनको कैद फैसला भएको थियो ।

प्रतिवादीहरु विरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्गर्तको ठगी गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । त्यसैगरी संहिताकै दफा २५४ बमोजिम क्षतिपूर्तिको समेत मागदाबी गरिएको छ । यो सहकारीविरुद्ध ४१ जनाले जाहेरी दिएका थिए ।

पूर्णिका बचत तथा ऋण सहकारी संस्था, शुभ कार्य बचत तथा ऋण सहकारी, गंगाजल बहुउदेश्यीय सहकारी, सर्वोच्च समृद्धि सहकारी मर्ज भइ शुभ समृद्धि सहकारी गठन भएको थियो । यो सहकारीले रकम अपचलन गरेको भन्दै बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय हेटौडाले पत्र लेख्दै अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई भनेको थियो । त्यसपछि गत कात्तिकबाट प्रहरीले यो सहकारीको अनुसन्धान अघि बढाएको थियो ।

प्रतिवादी बनाइएकाहरुको सम्पत्ति समेत रोक्काका लागि पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group