ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साइबर सुरक्षा ‘एड्भाइजरी’ : बलियो पासवर्डदेखि कम्प्युटरमा गेम खेल्न नपाउनेसम्म


एबीसी न्यूज
१३ माघ २०८१, आइतबार   १२ : २९   बजे

काठमाडौं १३ माघ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कार्यालय र सरकारी कर्मचारीको लागि साइबर सुरक्षा ‘एड्भाइजरी’ जारी गरेको छ । केन्द्रले यही माघको ८ गते सरकारी सूचना प्रविधि प्रणालीका प्रयोगकर्ताको लागि भन्दै साइबर सुरक्षा एडभाइजरी जारी गरेको हो । एजभाइजरीमा सरकारी वेबसाइटको नियमित अपडेटदेखि पासवर्ड परिवर्तन र एन्टीभाइरस अपडेटसम्मका विषय समावेश छन् ।

सरकारी कार्यालयको वेबसाइट, एप्लिकेशन, सर्भर, स्टोरेज तथा नेटवर्क सुरक्षाबारे २१ वटा एजभाइजरी छन् । जसमा वेबसाइट नियमित अपडेट गर्ने, समस्या देखिएमा तुरुन्तै समाधान गर्ने, आफ्नो निकायको डाटाको नियमित ब्याकअप र अर्काइभ गर्नुका साथै बिजनेश कम्युनिटी प्लान लागू गर्ने, गुणस्तरको लाइसेन्स भएका हार्डवेयर र सफ्टवेयरहरु मात्रै प्रयोग गर्ने, एन्टिभाइरस, अपरेटिङ सिस्टम, सेक्युरिटी डिभाइस लगायतलाई नियमित स्क्यान र अपडेट गर्ने उल्लेख छ ।

यस्तै पासवर्ड राख्दा सहजै अनुमान गर्न नसकिने खालका सुरक्षित पासवर्ड राख्ने र तीन÷तीन महिनामा परिवर्तन गर्ने, घरपरिवार आफन्त, साथीभाइ आदीको नाम, जन्म मिति, फोन नम्बर, लगायत सजिलै पत्ता लगाउन सकिने पासवर्ड नराख्ने, वर्षको एकपटक सूचना प्रविधि प्रणालीको अडिट गराउने, कार्यालयका इमेल लगायतका सूचना प्रणालीमा दोहोरो प्रमाणीकरण राख्ने, अनावश्यक युजर अकाउन्टहरु निष्कृष्य गर्ने लगायतका विषय पनि एडभाइजरीमा छन् ।

त्यस्तै संवेदनशील सूचना रहने ठाउँमा जो कोहीलाई प्रवेश नदिने, बलियो ढोकाहरु राख्ने र आईपी क्यामेरासहितको सीसीटीभी जडान गर्नुपर्नेछ । यस्तै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कार्यालयका ल्यापटप, कम्प्युटर र डेस्कटपको सुरक्षाको लागि पनि विभिन्न एडभाइजरी दिएको छ । यस्तै इन्टरनेट ब्राउजिङ सुरक्षाको लागि सरकारी सेवा, इमेल सेवा, बैंकिङ भुक्तानीसम्बन्धी सेवाको पहुँच गर्दा प्राइभेट ब्राउजिङ वा इन्कग्निटिओ मोड प्रयोग गर्नुपर्ने, इन्टरनेट ब्राउजरको नवीनतम संस्करण प्रयोग गर्ने, थर्ड पार्टी टुल्सको प्रयोग नगर्ने, कार्यालयका कम्प्युटर वा ल्यापटममा कुनै पनि गेम डाउनलोड नगर्ने वा नखेल्ने पनि एडभाइजरीमा उल्लेख छ ।

यस्तै अपरिचित व्यक्ति वा ठेगानाबाट आएको इमेल वा शंकास्पद इमेललाई तत्कालै स्पाम रिपोर्ट गरेर डिलिट गर्ने, इमेल एसएमएस र फोनमार्फत पासवर्ड, ओटीपी, बैंक एकाउन्ट नम्बर र पीन कोडहरु नपठाउन पनि साइबर सुरक्षा एडभाइजरीमा भनिएको छ । यस्तै सामाजिक सञ्जाल र नेटवर्किङ साइटहरुमा व्यक्तिगत जानकारीको प्रयोग र प्रचार सिमित र नियमित गर्ने, कुनै फ्रेन्ड रिक्वेस्ट, फलो वा च्याट रिक्वेस्ट स्वीकार गर्नुअघि व्यक्तिको भेरिफिकेशन जाँच गर्ने, अनावश्यक लिङ्क र फाइलमा क्लिक नगर्ने र कुनै पनि प्रमाणित नभएका वा आन्तरिक जानकारी र दस्तावेजलाई सामाजिक सञ्जालमा शेयर नगर्न भनिएको छ ।

यस्तै एजभाइजरीले मोबाइल चलाउने विषयमा पनि सुझाव दिएको छ । मोबाइल अपरेटिङ सिस्टमलाई अपडेट गरिरहने, वाईफाई, जीपीएस, ब्लुटुथ र अन्य सेन्सर आवश्यकता अनुसार मात्रै इनेबल गर्ने, मोबाइल एप डाउनलोड गर्नुअघि एपको आधिकारिता र प्रयोगकर्ताका समीक्षा हेर्ने, एप इन्स्टल गर्नुअघि डिभाइस अनुमतिको उदेश्यलाई ध्यानपूर्वक पढेर र बुझेर पनि अनुमति दिने, संवेदनशील छलफलमा जाँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्न भनिएको छ । यस्तै मोबाइल फोन हराएमा वा चोरी भएमा उपयोगी हुन सक्ने भएकाले आईएमईआई नम्बर सुरक्षित राख्न पनि राष्ट्रिय साइबर सुरक्षा केन्द्रको एजभाइजरीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group