ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्ली चुनावमा हार स्वीकार्दै केजरीवालले दिए भाजपालाई बधाई


एबीसी न्यूज
२६ माघ २०८१, शनिबार   ६ : ३०   बजे

काठमाडौं २६ माघ । दिल्ली चुनावमा पराजय स्वीकार गर्दै अरविन्द केजरीवालले भारजीय जनता पार्टीलाई बधाई दिएका छन्। उनले अब आफ्नो पार्टीले प्रतिपक्षी भूमिका भने सशक्त रुपमा निभाउने र दिल्लीका जनताको सेवा जारी राख्ने बताए। उनले चुनावमा पराजय भएसँगै भिडिओ सन्देश जारी गर्दै भाजपालाई बधाई दिएका हुन्।
आम आदमी पार्टी आप० का प्रमुख रहेका केजरीवालले दिल्ली विधानसभा चुनावमा पराजय स्वीकार्दै भने, हामी जनताको जनादेशलाई साथ स्वीकार गर्छौं। म यो जितको लागि बीजेपीलाई बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले जनतासँग गरेका सबै बाचा पूरा गर्नेछन्।

उनले १० वर्षमा दिल्लीको स्वास्थ्य शिक्षा र पूर्वाधारमा आफ्नो दलले राम्रो काम गरेको बताए। ुहामीले १० वर्षमा स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा धेरै काम गरेका छौं, हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्रै नभई जनताको बीचमा रहेर सेवा गरिरहने छौं,’ उनले भने ।

बीजेपीले १२ सिट जितेको छ र ३८ सिटमा अगाडि छ। आम आदमी पार्टीले १० सिट जितेको छ भने अर्को १० सिटमा अगाडि छ। कांग्रेसले फेरि खाता खोल्न असफल भएको देखिन्छ।
नयाँ दिल्ली निर्वाचन क्षेत्रबाट अरविन्द केजरीवाल चुनाव हारे। भाजपाका परवेश वर्माले आम आदमी पार्टीका प्रमुख केजरीवाललाई ४ हजार ८९ मतले पराजित गरेका छन्।

वर्माले ३००८८ मत पाए भने दिल्लीका पूर्वमुख्यमन्त्रीले २५९९९ मत पाए। कांग्रेस उम्मेदवार सन्दीप दीक्षितले ४५६८ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu