ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पीपल मोर्गेजेजको दोस्रो वार्षिकोत्सव : गोर्खा वेलफेयर ट्रष्टलाई दुई हजार तीन सय पाउण्ड सहयोग


admin
४ चैत्र २०७४, आइतबार   १० : ४१   बजे

लण्डन । पीपल मोर्गेजेज्ले आफ्नो स्थापनाको दोस्रो बर्ष पूरा गरेको अवसरमा विविध साँस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव मनाएको छ ।
गत शुक्रबार १६ मार्च २०१८ बेलुकी अल्डरसटस्थित एम्पायर हलमा मनाइएको हो । गोर्खा वेलफेयर ट्रष्ट युकेको सहयोगार्थ च्यारिटी डिनरको समेत आयोजना गरेको कार्यक्रममा गत अप्रिल २०१७ यताका नयाँ ग्राहकहरुलाई मात्र आमन्त्रण गरिएको थियो ।

सो अवसरमा पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङले उपस्थित व्यक्तिहरुले लिएको राफल ड्रबाट संकलित १,१८० पाउण्डमा त्यती नै रकम थपी २,३६० पाउण्डको चेक गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरे ।


राफल ड्रमा प्रथम हुनेलाई एकतोला सुन, दोस्रो र तेस्रोलाई पीपलगिप्mट भौचर प्रदान गरिएको थियो । त्यस्तै, सबैभन्दा टाढा १५२, ११५ र ९४ माईलबाट कार्यक्रममा सहभागी ग्राहकहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा पीपल ग्रुपका डाईरेक्टर सूर्य प्रकाश गुरुङले सबै उपस्थित महानुभावहरुलाई स्वागत गर्दै, उनले गत २ बर्ष अघि आपूmले फार्नबोरोबाट शुरु गरेको व्यवसायको केन्टमा शाखा स्थापना गर्न सफल भएको बताए । उनले १६ जना कार्यरत रहेको सो ग्रुपले गतबर्षदेखि स्टेट एजेन्सी समेतको सेवा शुरु गरिएको बताउँदै आपूmहरुले मोर्गेजेज्, प्रोटेक्शन, होम इन्स्योरेन्स र विलको बारेमा सल्लाह दिनुको साथसाथै सस्तो र राम्रो मोर्गेज, प्रोटेक्सन र ईन्स्योरेन्सहरूको खोेजी गरिदिँदै आएको बताए । त्यस्तै, उनले पिपल स्टेट एजेन्टस् मार्फÞत घर बेच्ने, भाडामा लगाउने र ब्यबस्थापन गर्ने काम गर्दै आएको जनाए ।

करीब ३०० जनाभन्दा बढीको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली समुदायका अग्रज लगायत बिशेष उपस्थिति रहेको थियो । ब्रिगेड अफ गोर्खाजको हिलबोईज नामक गोर्खा व्याण्डको साँस्कृतिक प्रस्तुती रहेको कार्यक्रममा सो व्याण्डले ‘सयथरी बाजा एउटै ताल.., ‘बिछोड बेलामा…, रेशम फिरिरी… लगायतका धुन बजाएका थिए । त्यस्तै, ‘अल्झेछ क्यारे पछ्यौरी, तिम्रो चियाको बुटैमा, सुन साईली, भेडाको उन जस्तो, भेडाको उन जस्तो लगायतका कालजयी गीतहरु प्रस्तुत् गरेको थिए । त्यस्तै, एभरेष्ट आइडल–२०१७ सोनाहाङ्ग राईले तिमीबिना सक्तिन एक्लै, जति माया लागे पनि…लगायतका विभिन्न गीतहरु गाएर भरपूर मनोरञ्जन दिलाएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मासुको गुणस्तरमा कडाइ गर्ने तयारी, माछासमेत कानुनी जाँचको दायरामा

कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

सम्बन्धित

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu