ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहारा आधारभुत विद्यालयमा सहारा युके द्धारा पुस्तकालय स्थापना


एबीसी न्यूज
१ फाल्गुन २०८१, बिहिबार   १२ : ४०   बजे

पोखरा । पोखरा ९ बसपार्कमा रहेको सहारा आधारभुत विद्यालयलाई सहारा युकेद्धारा निर्मित पुस्तकालय हस्तान्तरण गरिएको छ । बेलायतमा रहेर नेपालको शिक्षा र खेलकुद त्यसमा पनि फुटबलको क्षेत्रमा सहयोग गर्दै आइरहेको सहारा युकेले २४ औं आहा रारा गोल्डकपको अवसरमा पोखरा आइपुुगेको अवस्थामा सहारा आधारभुत विद्यालयमा पुस्तकालय निर्माण गरी हस्तान्तरण गरेको हो ।
कुल तीन लाख लागतमा निर्माण सम्पन्न भएको उक्त पुस्तकालय सहारा युकेका अध्यक्ष कृष्ण गुरुङको नेतृत्वमा एक कार्यक्रमका बीच सहारा आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली र विद्यालयका प्रध्यानाध्यापक लोचना कुमारी अधिकारीलाई पुस्तकालय हस्तान्तरण गरिएको हो ।
पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्दै सहारा युकेका अध्यक्ष कृष्ण गुरुङले सहारा क्लबले बेलायतमा रहेतापनि आफ्नो जन्मभुमिमा केही गर्नुपर्छ भन्ने अभिप्रायका साथ नेपालमा शिक्षा र फुटवलको क्षेत्रमा सहयोग गर्दै आइरहदा यो पटक सहारा आधारभुत विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरी पुस्तकालय निर्माण गरी हस्तान्तरण गरिएको बताए ।
२०५३ सालमा स्थापना भएको सहारा आधारभुत विद्यालय विभिन्न संघ संस्था तथा स्थानिय तहको सहयोगमा शिक्षामा गुणस्तर प्रदान गरिरहेको आफुहरुले थाहा पाएपछि सहारा युकेको तर्फबाट पुस्तकालय स्थापना गरी विद्यार्थीहरुको शिक्षामा थप टेवा प्रदान गर्ने र आगामी दिनमा पनि सहारा आधारभुत विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले पोखरा बसपार्क आसपासमा बसोबास गर्ने विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको सहारा आधारभुत विद्यालय पछिल्लो समय विभिन्न संघ संस्था र वडाको सहयोगमा शिक्षाको गुणस्तरमा बृद्धि हुँदै आएको बताए । शिक्षाको क्षेत्रमा आफ्नो वडाको तर्फबाट सक्दो सहयोग गरिरहेको र आगामी दिनमा पनि त्यसमा कुनै कमी हुन नदिने मर्सानीको भनाइ रहेको थियो ।
सहारा आधारभुत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमुधि युकेका अध्यक्ष जुम काजी गुरुङ, सहारा क्लबका अध्यक्ष केशवराज बराल, विद्यालयका प्रध्यानाध्यापक लोचना कुमारी अधिकारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

शिक्षा क्षेत्रको सुधारका लागि मन्त्रालय प्रतिवद्ध छः शिक्षामन्त्री पोखरेल

एसईईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

नयाँ शैक्षिक सत्र: काठमाडौं महानगरद्वारा सङ्घीय सरकारको निर्णय अवज्ञा, वैशाख १५ बाटै पठनपाठन सुरु हुने

एउटा प्राज्ञिक चमत्कार

सोमबार ६ प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group