ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कस्मिर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ८ : ३३   बजे

काठमाडौं २ फागुन । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत कस्मिर सीमामा गोलीबारी गरेका छन्। पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ।

सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता कस्मिर दुई छिमेकी देशबीच विभाजित छ।

दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन्।

पाकिस्तानी सरकारी प्रसारक पिटिभीले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको घटनामा त्यस देशका दुई सैनिक र दुई सर्वसाधारण घाइते भएको जनाएको छ।

अज्ञात भारतीय सुरक्षा अधिकारीहरूले प्रसारणकर्ता एनडीटीभीलाई पाकिस्तानी सेनाले बिना कुनै उक्साहट गोली चलाएपछि भारतीय सेनाले जवाफमा गोली चलाएको बताएका छन्।

एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्‍यो। भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जवाफ दिएनन्।

यो घटना त्यस क्षेत्रमा दुई दिनअघि एक विस्फोटक उपकरणबाट दुई भारतीय सैनिक मारिएको घटनापछि भएको हो।

सन् २००३ मा दुवै छिमेकीले हस्ताक्षर गरेको सीमा युद्धविराम सम्झौता त्यसयताका दशकमा मोटामोटी कायम छ तर दुवैले एकअर्कालाई यसको उल्लङ्घन गरेको बारम्बार आरोप लगाउँछन्।

गत महिना भारतीय सेनाले भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा कस्मिर सीमामा आफ्ना सैनिकहरूले दुई विद्रोही लडाकुलाई मारेको बताएको थियो।

धेरै विद्रोही समूहले मुस्लिम बहुल क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनासँग लडेका छन्।

द्वन्द्वमा दसौँ हजार मानिसको मृत्यु भएको छ। तीमध्ये अधिकांश सर्वसाधारण छन्।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आंशिक स्वायत्तता रद्द गरेर नयाँदिल्लीबाट क्षेत्रको प्रत्यक्ष नियन्त्रण लागू गरेपछि लडाइँ घटेको छ।

तर गत वर्ष तीन वर्षमा ५० भन्दा बढी सैनिकको ज्यान लिने घातक विद्रोही आक्रमणहरूको शृङ्खलापछि दक्षिणी पहाडी क्षेत्रहरूमा हजारौँ थप सैनिक तैनाथ गरिएका थियो।

भारतले नियमित रूपमा पाकिस्तानलाई भारतीय सेनामाथि आक्रमण गर्न विद्रोहीहरूलाई साझा सीमा पार गराएर पठाएको आरोप लगाउँछ।

पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आफूले कस्मिरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गर्ने बताउँछ। राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group