ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय व्यापार बढाउनेबारे छलफल


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ११ : ०२   बजे

काठमाडौं २ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय व्यापार बढाउने र अन्य विषयमा छलफल भएको छ ।

ह्वाइट हाउसमा भएको छलफलमा ट्रम्पले दुई देशबीचको व्यापार घाटा कम गर्न थप अमेरिकी तेल र ग्यास आयात गर्न दिल्लीसँग सम्झौताको घोषणा गर्नुभएको छ ।

द्विपक्षीय वार्तापछि भएको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

यस्तै मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताउनुभयो । ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग सय बिलियन डलर रहेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आयात करको कुरामा सहयोगी नै शत्रुभन्दा खराब हुन्छन भन्दै नयाँ पारस्परिक कर योजनाको घोषणा गरेपछि उहाँहरुको भेट भएको खबरमा उल्लेख छ ।

करको बदलामा कर योजना सबै अमेरिकी व्यापार साझेदारहरूमा लागू हुने छ । यो कर योजना ट्रम्प प्रशासनले घोषणा गरेको सबैभन्दा नयाँ शृङ्खला हो ।

ट्रम्पले नयाँ घोषणा भएका कर व्यवस्था कहिलेदेखि लागू हुने भन्ने स्पष्ट समय भने तोक्नु भएको छैन । ट्रम्पले कर नीतिबारे धम्की मात्र दिएको पनि यसबाट पछि हट्ने सम्भावना रहेको खबरमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको आन्तरिक विवादमा नयाँ मोड : पूर्णबहादुर खड्कालाई शशांकको भेट, ‘पार्टी फुट्नु हुँदैन’

राष्ट्रियसभा बैठक आज बस्दै, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक पेस हुने

सम्बन्धित

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu