ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुम्भ मेला गइरहेको बोलेरो फर्किंदै गरेको बससँग ठोकिँदा १० भक्तजनको मृत्यु, १९ जना घाइते


एबीसी न्यूज
३ फाल्गुन २०८१, शनिबार   १ : ११   बजे

काठमाडौं ३ फागुन । भारतको उत्तर प्रदेश राज्यमा पर्ने प्रयागराजमा जारी कुम्भ मेलामा भाग लिन जाँदै गरेका छत्तीसगढका १० जना भक्तजनको दुर्घटनामा परी मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा १९ जना घाइते भएका छन्। मृतक सबै छत्तीसगढको कोरबा र जांजगिर चम्पा जिल्लाका बासिन्दा थिए।

छत्तीसगढ प्रहरी प्रवक्ताका अनुसार कोरबाबाट १० जना श्रद्धालु बोलेरोमा प्रयागराज जाँदै थिए। उत्तर प्रदेशको मिर्जापुर(प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँनजिकै राति अबेर उनीहरू सवार बोलेरो बससँग ठोकियो।

प्रहरीका अनुसार ठोकिँदा बोलेरोको अगाडिको भाग कच्याकुचुक भएको छ भने बोलेरोमा सवार सबै १० जनाको घटनास्थलमै मृत्यु भयो।

उता बसमा सवार १९ यात्रु पनि घाइते भएका छन्। उनीहरूलाई रामनगरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

बसमा सवार सबै मध्य प्रदेशको राजगढ जिल्लाका बासिन्दा हुन्, जो कुम्भमा नुहाएर वाराणसी फर्किंदै थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu