ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आरोपी युवक पक्राउ परिसके,नेपाली विद्यार्थीमाथिको अस्थायी प्रतिबन्ध हटाइयो-केआईआईटी


एबीसी न्यूज
५ फाल्गुन २०८१, सोमबार   ७ : २९   बजे

काठमाडौं ५ फागुन । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०ले नेपाली विलद्यार्थीले आत्महत्या गरेको घटनालाई लिएर नेपाली विद्यार्थीमाथि लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ।

केआईआईटीले आज सोमबार एक विज्ञप्ति जारी गरी तत्कालीन अवस्थामा शान्ति सुरक्षा कायम गर्न नेपाली विद्यार्थीमाथि प्रतिबन्ध लगाइएको र अहिले हटाएको जानकारी दिएको हो।

आइतबार राति होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेकी थिइन्। उक्त घटनालाई लिएर नेपाली विद्यार्थीहरूले प्रशासनसँग उनको मृत्युको कारणबारे जानकारी गराउन माग गरेका थिए। प्रशासनले बेवास्ता गरेको भन्दै प्रदर्शन गरिरहेका विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालिएको थियो।

अहिले भने घटनाको अनुसन्धानको जिम्मा स्थानीय प्रहरीलाई दिइएको विश्वविद्यालय प्रशासनले जनाएको छ।

विश्वविद्यालय प्रशासनका अनुसार मृतक छात्राका साथीहरूले उनी एक युवकसँग सम्बन्धमा रहेको बताएका छन्। जसको संलग्नताका कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। उक्त युवकलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरिसकेको छ र हाल प्रहरी हिरासतमा छन्।

घटनापछि विश्वविद्यालय प्रशासनले तनाव व्यवस्थापनका लागि १० घण्टाभन्दा बढी समयसम्म परामर्श र छलफलको प्रयास गरेको बताएको छ। तथापि, केही प्रदर्शनकारीहरूले प्रशासनको कुरा नसुनी अशान्ति सिर्जना गर्ने प्रयास गरेको तथा मुख्य सडक अवरुद्ध गरी सर्वसाधारणलाई असुविधा पुर्‍याएको आरोप लगाइएको छ।

शान्ति सुरक्षाको सुनिश्चितता तथा अनुसन्धानलाई प्रभावित हुन नदिन विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई अस्थायी रूपमा स्थानीय अभिभावकहरूको सहयोगमा सुरक्षित स्थानमा जान सल्लाह दिएको दाबी गरेको छ। विद्यार्थीको शैक्षिक गतिविधिमा कुनै असर नपर्ने गरी कामकारबाही गरिएको पनि विश्वविद्यालय प्रशासनले जनाएको छ।

यसैबीच, विश्वविद्यालयले क्याम्पसभित्रको शैक्षिक तथा आवासीय गतिविधिहरूमा लगाइएको अस्थायी रोक हटाएको छ। प्रशासनका अनुसार शान्ति सुरक्षालाई मध्यनजर गर्दै गरिएको यो कदम न्याय सुनिश्चित गर्नका लागि लिइएको हो।

केआईआईटी विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई पुनः छात्रावासमा बस्न अनुमति पनि दिइसकेको सूचना जारी गरेको छ।

सूचनामा होस्टेलमा बस्न चाहनेलाई कुनै रोकावट नहुने उल्लेख छ। त्यस्तै नेपाली विद्यार्थीहरूको शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न वैकल्पिक व्यवस्था गर्ने पनि विश्वविद्यालयले प्रतिवद्धता व्यक्त गरेको छ।
विद्यार्थीहरू क्याम्पस फर्किएपछि अध्ययन निरन्तर हुने र कक्षा तथा होस्टेल बन्द हुने भए समयमै सूचना जारी गर्ने पनि भनिएको छ।

विद्यार्थीहरूलाई शान्त रहन र अध्ययनमा ध्यान दिन पनि विश्वविद्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu