ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली विद्यार्थीलाई कक्षामा फर्किन केआईआईटी विश्वविद्यालयको अपील


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ८ : ३६   बजे

काठमाडौं ६ फागुन । भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयले नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको छ ।

विश्वविद्यालय प्रशासनले हिजो अपील सार्वजनिक गर्दै दुर्भाग्यपूर्ण घटना भएको भन्दै नेपाली विद्यार्थीलाई कक्षामा फर्किन आग्रह गरेको हो । प्रशासनले क्याम्पस छोडेका वा छोड्ने योजना बनाएका सबै नेपाली विद्यार्थीहरूलाई फर्किएर कक्षामा सहभागी हुन अपील गरेको छ ।

यसअघि विश्वविद्यालयले पत्रमार्फत तत्कालका लागि शान्ति सुरक्षा व्यवस्था गर्न नेपाली विद्यार्थीलाई अस्थायी प्रतिबन्ध लगाएको बताएको थियो । त्यसपछि हिजो दिउँसो केआईआईटी विश्वविद्यालयमा पढ्ने पाँच सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर विभिन्न रेल स्टेसनमा लगि छोडिएको थियो । पछि फेरि प्रतिबन्ध फुकुवा गरेको भन्दै विद्यार्थीलाई फर्किन आग्रह गरिएको हो ।

विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा मृत फेला परेपछि नेपाली विद्यार्थीले प्रदर्शन गरेका थिए ।

भारतीय विद्यार्थीको दुर्व्यवहार सहन नसकेपछि उनले आत्महत्या गरेको भन्दै दुर्व्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना निकालेको थियो ।

नेपालमा रहेको भारतीय राजदूतावासले घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले हिजो वक्तव्य निकालेर विश्वविद्यालय र ओडिसा राज्यसँग निरन्तर संवादमा रहेको र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि पहल भएको बताएको छ ।

विश्वविद्यालयले विद्यार्थीहरूलाई होस्टेलमा बस्न र अध्ययनलाई निरन्तरता दिन भनेको अवगत गराउँदै स्थानीय अधिकारीद्वारा घटनाका छानबिन भइरहेको पनि दूतावासले उल्लेख गरेको छ । यस्तै नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu