ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमान पल्टिए पनि सबै ८० जना बाँच्न सफल


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ११ : ४८   बजे

काठमाडौं ६ फागुन । क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा भएको विमान दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्य बाँच्न सफल भएका छन्।

यो जानकारी ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टले दिएकी हुन्। उनले भनिन्, ‘हामी धेरै खुसी छौँ कि कुनै पनि यात्रुको मृत्यु भएन र दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य छ।

आपत्‌कालीन सेवाका अनुसार दुर्घटनामा एक बालक र दुई वयस्क गम्भीर घाइते भएका छन्। टोरन्टो पियर्सन विमानस्थलले डेल्टा एयरलाइन्सको विमान मिनियापोलिसबाट आउँदै गरेको बताएको छ।

विमानमा ८० जना सवार थिए। तीमध्ये ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। जम्मा १८ यात्रुलाई अस्पताल लगिएको छ।

अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार सोमबार दिउँसो २स्४५ बजे अवतरणका क्रममा पल्टिएको थियो।

यो विमान डेल्टा एयरलाइन्सको सहायक कम्पनी एन्डेभर एयरद्वारा सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu