ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा एमसीसी परियोजना स्थगित


एबीसी न्यूज
७ फाल्गुन २०८१, बुधबार   ८ : १७   बजे

काठमाडौं ७ फागुन । अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ ।

साउदी अरेबियामा भएको वार्तामा विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति सम्झौताअन्तर्गत नेटो देशका शान्ति सेनालाई स्वीकार नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले रुस युद्ध अन्त्यका लागि प्रक्रिया थाल्ने पक्षमा भएपनि युक्रेन सामेल भएर नेटो रक्षा गठबन्धनको कुनै पनि विस्तार रूसको लागि प्रत्यक्ष खतरा हुने भन्दै रूसको अघिल्लो अडानलाई दोहोर्‍याउनुभएको हो ।

यसैबीच युरोपेली नेताहरूले युक्रेनसँगको शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रुस र अमेरिकाबीचको वार्ता प्रयासका बारेमा संयुक्त धारणा बनाउन पेरिसमा बैठक बसे पनि मत बाझिएकाले वैठक बिना निष्कर्ष सकिएको छ ।

बेलायतले आवश्यक परे युक्रेनमा आफ्ना सेना तैनाथ गर्न सक्ने बताइरहदा जर्मनी, पोल्याण्ड लगायतका अरु देशले युरोपेली सेना तैनाथ गर्नु युक्रेनमा शान्ति कायम गर्ने सबैभन्दा जटिल र कम प्रभावकारी तरिका हुने बताइरहेका छन् ।

यस्तै रुस र अमेरिकाले युद्ध अन्त्यका लागि वार्ता शुरू गर्न छुट्टै टोली तोक्ने सहमति गरेका छन् । बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हिजोको वार्ता युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो चरणको भएको तर महत्त्वपूर्ण रहेको बताउनुभएको खबरमा उल्लेख छ । तर युक्रेनलाई वार्तामा नबोलाइएकोले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वार्ताका प्रस्ताव र निर्णय स्वीकार नगर्ने बताउदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu