ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको ओडिसा घटना : नेपाली विद्यार्थी केही छात्राबास फर्किए, धेरैजना अझै त्रासमा


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   ११ : २०   बजे

काठमाडौं ८ फागुन । भारतको ओडिसामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० पढ्ने सबै विद्यार्थी छात्राबास फर्कन सकेका छैनन् ।

विश्वविद्यालयले माफी माग्दै फर्कन आग्रह गरे पनि कोही विद्यार्थी स्वदेश आइपुगेका छन् भने कोही भारतमै आफन्त कहाँ बसिरहेका छन् । थोरै विद्यार्थी मात्रै छात्राबास फर्किएका छन् ।

त्यहाँ एक हजारभन्दा धेरै नेपाली विद्यार्थी रहेकोमा झण्डै एक सय जनामात्रै छात्राबास फर्किएका हुन् । झण्डै दुई सय नेपाली विद्यार्थी विभिन्न नाका हुँदै स्वदेश आइपुगेका छन् ।

विश्वविद्यालयको छात्राबासमा गरिएको अमानवीय व्यवहारका कारण विद्यार्थीहरू अझै त्रासमा छन् । नेपाल आइपुगेका विद्यार्थीहरूले आफूहरु तत्काल विश्वविद्यालय फर्किने मनसायमा नरहेको बताएका छन् ।

विश्वविद्यालयले भने विद्यार्थीहरूलाई फोन, म्यासेज तथा ईमेल गरेर समेत फर्किन अनुरोध गर्दै आएको छ । विश्वविद्यालयका पदाधिकारीहरुले विद्यार्थी र अभिभावकसँग जुम बैठक गरेर रेल खर्च बेहोर्ने र पूर्ण सुरक्षा तथा सम्मानको प्रत्याभूति रहने आश्वासन दिएका छन् ।

दिल्लीमा रहेको नेपाली दूतावासका पदाधिकारीले पनि ओडिसा पुगेर त्यहाँको सरकार र विद्यार्थीसँग समन्वय गरेका छन् । विश्वविद्यालयका पदाधिकारीले माफी मागेको र अवस्था सामान्य बन्दै गएको दूतावासका पदाधिकारीहरुको भनाइ छ । भारतीय पक्षले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाली विद्यार्थीलाई कुटपिट र दुर्व्यवहार गर्ने विश्वविद्यालयका पदाधिकारीहरु यसअघि नै निलम्बनमा परिसकेका छन् । यसैबीच केआईआईटी विश्वविद्यालयमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव हिजो भैरहवा ल्याएर आज बिहान स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu