ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतका लागि रुसी राजदूत भन्छन्: जेलेन्स्कीको कार्यकाल सकियो, युक्रेनमा चुनाव आवश्यक


एबीसी न्यूज
८ फाल्गुन २०८१, बिहिबार   ९ : १८   बजे

काठमाडौं ८ फागुन । बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिनले युक्रेनमा चुनाव गराउनु आवश्यक रहेको बताएका छन्।

बीबीसीको न्युजनाइट कार्यक्रममा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको समयावधि सकिएकाले निर्वाचन हुनुपर्ने बताएका हुन्।

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा हालै अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोबबीच साउदी अरेबियामा शान्ति वार्ता भएको थियो।

तर वार्तामा आफूलाई नबोलाइएकाले सहमति मान्य नहुने जेलेन्स्कीले बताएका थिए। रुसले युक्रेनका विषयमा झुट बोलेको आरोप लगाउँदै उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प त्यसैमा रुमलिएको टिप्पणी गरेका थिए।

जसको जवाफमा ट्रम्पले भोलोदिमिर जेलेन्स्की चुनावबिनाको तानाशाह भनेका थिए। जेलेन्स्कीको राष्ट्रपतीय कार्यकाल मे २०२४ मा समाप्त हुने थियो।

तर फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि युक्रेनमा मार्सल ल लागू गरिएको छ, जसका कारण चुनाव हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखराको सेती नदीमा निर्माणाधीन सिग्नेचर पुलको काम ७० प्रतिशत सम्पन्न

कांग्रेस सुस्ता सभापति जैसवालसहित ३ सयभन्दा बढी रास्वपामा प्रवेश

सम्बन्धित

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

जापानको इबाराकीमा चक्रवात ‘चान–होम’ प्रवेश, बाढीको जोखिम बढ्यो

इन्डोनेसियाको लोम्बोक नजिकै डुंगामा आगलागी, ११२ जनाको उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu