ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्कको प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश सबैलाई जानकारीमा रहेको भारतको प्रतिक्रिया


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   १२ : ४७   बजे

काठमाडौं १० फागुन । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० को प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश र गतिविधिबारे दक्षिण एशियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।

देशको नाम नलिइकन भारतले पाकिस्तानलाई लक्षित गरी उसका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधाका रुपमा रहेको सङ्केत गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै भन्नुभयो ‘दक्षिण एशियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार रहेका छन् ।’

दक्षिण एशियाली समूहको पुनरुत्थानका लागि बङ्गलादेशको नयाँ दबाबले छलफल शुरू गरेपछि भारतको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो ।

विदेशमन्त्री जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच गएको हप्ता सार्कबारे ओमानको मस्कटमा छलफल भएको प्रवक्ता जैसवालले बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकमा विदेशमन्त्री जयशङ्करले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता व्यक्त गर्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० दक्षिण एशियाका देशहरुको सङ्गठन हो । यसका सदस्य देशहरु नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group