ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको आवश्यकताअनुसार प्रदेश घटबढ गर्न सकिन्छ – प्रधानमन्त्री ओली


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ६ : ५५   बजे

काठमाडौं १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा हेरफेर हुनसक्ने कुरालाई सामान्य मान्नुपर्ने बताएका छन्।

शनिबार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा बाहेक संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्ने बताए।

उनले सात वटा प्रदेश ९ वटा हुनसक्ने र सात वटा प्रदेश ५ वटा हुन सक्ने पनि बताए। नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताए। उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे।

उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधारहरु गर्नेकुरालाई सामान्य रुपमा लिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्दछ तर अझ त्यसका संरचनागत पक्षहरु बढी सुधार हेरफेर हुनसक्दछन्। सात वटा प्रदेश ९ वटा पनि हुनसक्छ, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छ। त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन। ६ वटा पनि हुनसक्छ। त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो।’

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुँताले बनाएको नभइ श्रीमती राधिका शाक्यको कमाईबाट बनाएको बताए। उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए। उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले घरको जुन चर्चा गर्दछन् त्यो राधिका शाक्यले बनाएको हो। मेरो बुताले, मेरा हुतीले होइन। त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ। मेरो कमाई दान गरेको होइन, उनकै कमाइ दान गरेको हो। त्यसकारण म जति श्रीमतीसँग खुशी मान्छे कोही पनि छैन होला सायद। म त्यति खुशी छु। राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन।’

प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाच्न सम्भव नरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group