ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नकारात्मकताको जरो नै केपी ओली हुन्- एकीकृत समाजवादी


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : ०४   बजे

काठमाडौं १० फागुन । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको अरोप लगाएका छन्।

ललितपुरमा शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताए। उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको पनि स्पष्ट पारे।

उनले भने, ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलिनै रहेको छ। किनकी यो देशमा सबै नकारात्मकताको मूल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रष्ट नै छौँ। तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ।’

प्रवक्ता खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रिकृत भएको बताए। पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उनको भनाइ छ।

प्रवक्ता खतिवडाले भने, ‘केन्द्रीय कमिटीको यो दोस्रो बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू पार्टीलाई कसरी सुदृढ र सबल बनाउनका लागि कस्ता योजना कार्यान्वयन गरेर जानुपर्छ नेतृत्व र केन्द्रीय सदस्यहरुले खेल्ने भुमिका भन्ने विषयमै सबैभन्दा बढी केन्द्रिकृत हुनुहुन्छ। हामीले विभिन्न प्रकारका एजेण्डाहरु दिएका छौँ। पार्टीलाई जनसंघर्षका माध्यमबाट, आन्दोलनका माध्यमबाट जनताका जनजीविका, देशभक्तिका विषयहरु उठाएर जनतासँग जोडेर पार्टी निर्माण गर्ने प्रस्ताव अघि सारेका छौँ। जस्लाई हामीले संघर्षबाट पार्टी निर्माण गरिन्छ भन्ने प्रस्तावका साथ अगाडि बढाएका छौँ।’

उनले थपे, ‘यसैगरी पार्टीका विभिन्न नियम, नियमावलीहरु, निर्देशिकाहरु, आचार संहिता प्रश्ताव गरेका छौँ । यी सबै विषयमा छलफल गरिसकेपछि आगामी कार्ययोजनाको रुपमा केही प्रश्तावहरु गर्नेछौँ, कार्ययोजना पारित गर्नेछौँ र बैठक समाप्त हुनेछ।’

प्रवक्ता खतिवडाले निकै जटिल मोडबाट गुज्रिरहेको समसामयिक राजनीति चुनौतिको सामना गर्नसक्ने पार्टी एकीकृत समाजवादी नै भएको दाबी गरे। आफ्नो पार्टीसँग स्वच्छ नेतृत्व र विचारशील नेताहरूको पङ्ति रहेकाले राजनीतिमा देखिएको शून्यतालाई चिर्नसक्ने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu