ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवासँगको भेटबारे सिटौलाले गरे आफ्ना गुटका नेतालाई ‘ब्रिफिङ’


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : ०६   बजे

काठमाडौं १० फागुन । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफ्नो समूहका नेताहरुसँग छलफल गरेका छन्। सिटौलाले आफ्नो समूहमा रहेका केही नेतालाई आज आफ्नै निवास चन्डोलमा बोलाएर छलफल गरेका हुन्।

छलफलमा पार्टी केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, बागमती प्रदेशका मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य कुन्दन काफ्ले, कोशी प्रदेशका मन्त्री भूपेन्द्र राई, पूर्व रक्षामन्त्री भिमसेनदाश प्रधान, कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनलगायत सहभागी थिए।

छलफलमा सहभागी बागमती प्रदेशका मन्त्रीसमेत रहेका काफ्लेले पार्टी र समसामयिक राजनीतिक गतिविधिबारे छलफल गरेको जानकारी दिए।

‘फागुन २ मा सभापतिसँग भएको भेट र विकसित राजनीतिक घटनाक्रमबारे कृष्ण दाइले जानकारी गराउनु भयो,’ काफ्लेले नेपालखबरसँग भने, ‘छलफल पार्टीलाई कसरी संस्थागत ढंगले अघि बढाउने, आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने पार्टीको तयारीलाई कसरी प्रभावकारी बनाउने विषयमा छलफल भयो।’

छलफलबाट पार्टी संस्थापन पक्षको राजनीतिक गतिविधिलाई सहयोग गर्दै प्रभावकारी बनाउन भूमिका खेल्ने निष्कर्ष निकालिएको सहभागी एक नेताले जानकारी दिए।

फागुन २ गते सिटौलाकै सक्रियतामा सभापति शेरबहादुर देउवालाई १४औँ महाधिवेशनमा सहयोग गरेका पुराना नेताले बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए।

उक्त भेटमा देउवालाई नेताहरुले पार्टीको १५औँ महाधिवेशनमा संस्थापन समूहको नेतृत्व कसले गर्ने भन्ने विषयमा चासो राखेका थिए। उनीहरुले शेखर कोइराला र गगन थापा मात्रै सभापतिको उम्मेदवार भएको जस्तो प्रचार भएको भन्दै संस्थापन समूहको नेतृत्व कसले गर्ने भन्ने विषयमा ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu