ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट अलग छ- शंकर पोखरेल


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : २०   बजे

काठमाडौं १० फागुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरसरकारी संस्था एनजीओसँग एमाले र यसका नेतालाई जोडेर गरिने प्रचारको खण्डन गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै महासचिव पोखरेलले प्रचार गरिएभन्दा तथ्य फरक रहेको जिकिर गरेका हुन् ।

‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ’ उनले लेखेका छन्, ‘त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्योभन्दा निकै फरक छ ।’ पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत अलग रहेको जिकिर गरेका छन् ।
एनजीओ र एमाले सम्बन्ध बारे के भने पोखरेलको दाबी नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्योभन्दा निकै फरक छ ।

बलबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नु भएको सन्दर्भ मलाई यतिबेला सम्झना भइरहेको छ । उहाँले भन्नु भएको थियोः

मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकि उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिशतभन्दा वढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकि उनीहरूमध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनीहरू के गर्दछन् आम मानिसलाई थाहा पनि हुँदैन ।

मलाई लाग्दछ सत्य यस्तै होला । जहाँसम्म नेकपा एमालेको मुल नेतृत्वको कुरा छ( त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जय नेपाल पार्टी साउन २९ गते निर्वाचन आयोगमा दर्ता हुने

ओखलढुङ्गाको पलापु गाउँको सडक जीर्ण, स्थानीयलाई आवतजावतमा सास्ती

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu