ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३५ वर्षदेखि समयमै महाधिवेशन नभएकाले अब पनि सर्न सक्छ- सिंह


एबीसी न्यूज
१० फाल्गुन २०८१, शनिबार   ७ : ३३   बजे

काठमाडौं १० फागुन । उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ३५ वर्षयता पार्टीको महाधिवेशन नियमित समयमा हुन नसकेको भन्दै यसपटक पनि पछाडि धकेलिन सम्भावना व्यक्त गरेका छन् ।

कांग्रेस धनुषाले पार्टी कार्यालयमा शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले पार्टीको महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार सबैलाई मिलाएर गरिने बताए ।

‘बहुदलीय व्यवस्था पुनर्स्थापन भएदेखि नै चार वर्षमा कहिल्यै महाधिवेशन भएकै छैन,’ उनले भने, ‘पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो ।’

कांग्रेसमा प्रत्येक चार वर्षमा नियमित महाधिवेशन हुने विधानको व्यवस्था छ । विशेष परिस्थिति निर्माण भए एक वर्ष थप्न सकिने व्यवस्था छ । यस्तै संविधानमा प्रत्येक राजनीतिक पार्टीले पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्ने र विशेष कारण उत्पन्न भए ६ महिना थप्न सक्ने व्यवस्था छ ।

कांग्रेसको १५औं महाधिवेशन नियमित समयमा गर्दा २०८२ मा सम्पन्न हुनु पर्ने भए पनि कतिपय नेताले विधान र संविधानको व्यवस्था देखाएर पछि सार्न सक्ने बताउँदै आएका छन् ।

कार्यक्रममा नेता सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी कमजोरजस्तो देखिएको टिप्पणी गरे । ‘कांग्रेस बलियो छ । तर, आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भईरहेका छौं,’ उनले भने ।

सिंहले पार्टीत्रि विभिन्न गुटहरू क्रियाशील रहेकोमा चिन्ता व्यक्त गर्दै पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुनुपर्ने धारणा राखे । कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, आनन्दप्रसाद ढुंगाना, गुरु बराल पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group