ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरा केबलकार विवाद: कम्तीमा २४ जना घाइते, १५ पक्राउ


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   १० : १६   बजे

ताप्लेजुङ, ११ फागुन । फुङलिङमा शनिबार साँझ सुरक्षाकर्मी र नो केबलकार पक्षबीच भएको झडपमा दुवैतर्फ गरी कम्तीमा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला बाहिर रेफर गरिएको छ।
जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ र आन्दोलनत पक्षका १२ जना घाइते भएको प्रारम्भिक जानकारी संकलन भएको छ। घाइतेमध्ये आन्दोलनरत पक्षका ३ जना र सुरक्षाफौजतर्फका १ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ। सुरक्षाकर्मीतर्फ ५ जना अस्पतालको शैयामै रहेर उपचार गराई रहेको डिएसपी रावलले जानकारी दिए।
प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको दाबी गरेको छ। गएराति हुल हुज्जत नियन्त्रण गर्ने क्रममा दुई राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ। यता आन्दोलनरत पक्षले भने सुरक्षाकर्मीले राति आन्दोलनकारी बसेको घर तथा होटल छापामारी आन्दोलनकारीलाई कुटपिट गर्दै धरपकड गर्ने जस्ता शैली अपनाएको दाबी गरेको छ।
आन्दोलनरत पक्षका अगुवा कीर्तिमान मादेनले प्रहरीले सुतिरहेको ठाउँमा घर घेरामा हाल्ने, तोडफोड गर्ने र धरपकड गर्ने, कुटपिट गर्ने कार्य गरेको दाबी गरे। स्थिति नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले आज बिहान ५ बजेदेखि फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाँडा क्षेत्रमा चारकिल्ला तोकी निषेधाज्ञा ज्ञारी गरेको छ।
गएसाँझ नो केबलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडप सँगै स्थिति तनावपूर्ण भएको हो। नो केबलकार पक्ष फागुन ६ देखि ८ गतेसम्म भएको पदयात्रा सकेर फुङलिङमा शनिबार साँझ राँके जुलुससहित प्रदर्शनमा उत्रिएका थिए। सम्भावित आगलागीका घटना समेतलाई मध्यनजर गरी राँको नियन्त्रणमा लिने क्रममा झडप सुरु भएको स्थानीय सुरक्षा श्रोतले जनाएको छ।
आन्दोलनरत पक्षले आन्दोलनका क्रममा जे भयो, त्यो त्यही सीमित हुनुपर्नेमा सुरक्षाफौजले आन्दोलनकारीलाई लक्षित गरी घर(घर घेरा हाली धरपकड र कुटपिट गरेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu