ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यासको अभावमा राष्ट्रियसभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : २५   बजे

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको समस्या समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिनुभयो।

आजको सभा बैठकको शून्य समयमा बोल्दै सदस्यहरूले यस्तो माग गर्नुभयो। नेपाली कांग्रेसका कमलादेवी पन्तले भारतबाट मागभन्दा बढी ग्यास आयात भइरहेको सरकारको दाबी भए पनि जनताले सहजै ग्यास पाउन नसकेको बताउँदै ग्यासको आपूर्ति र बिक्री वितरण सम्बन्धमा सभालाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो।

राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले ग्यासको अभावबाट जनताले ठूलो कष्ट व्यहोरिरहेको उल्लेख गर्दै उक्त समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नरबहादुर विष्टले ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउन सुझाव दिँदै जनताका समस्या समाधानमा गम्भीर बन्न आग्रह गर्नुभयो। कांग्रेसका युवराज शर्माले एलपी ग्यासको कृत्रिम अभाव तत्काल अन्त्य गरी ग्यासको बिक्री वितरण व्यवस्थित र पारदर्शी बनाउन आग्रह गर्नुभयो। सोही पार्टीका नारायणदत्त मिश्रले सुनसरीको देवागञ्जमा दुई समुदायबीच भएको विवादसम्बन्धी घटनाको न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभयो।

नेकपाका भुवनबहादुर सुनारले खाना पकाउने ग्यास अभावसम्बन्धी समस्याको दीर्घकालीन व्यवस्थापन, महँगी नियन्त्रण र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सरकारलाई सुझाव दिनुभयो। सोही पार्टीकी मदनकुमारी शाह (गरिमा) ले निर्वाचनको समयमा जनतासामु व्यक्त वाचा पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिदले सिरहाको गोलबजारमा केही दिनअघिको प्रदर्शनका क्रममा व्यापारिक प्रतिष्ठान र आस्थाका केन्द्रमाथि आगजनी र तोडफोड भएका चिन्ता व्यक्त गर्दै आगामी दिन त्यस्ता घटना नदोहोरिने गरी पहलकदमी लिन सरकारलाई सुझाव दिनुभयो। नेकपाका राजेन्द्रलक्ष्मी गैरेले उपचार खर्चको अभावमा नागरिकले ज्यान फाल्नुपर्ने अवस्था अन्त्य गर्न स्वास्थ्य सेवा प्रणालीलाई भरोसायोग्य बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सोही पार्टीका सुरेशकुमार आलेमगरले सुकुमवासी र भूमिहीन समस्याको दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिनुभयो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu