ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा भेटिएको शव ९ दिनअघि मोटरसाइकलबाट खसेका रोहितकै भएको पुष्टि


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ११ : १४   बजे

काठमाडौं ११ फागुन । त्रिशूली नदीमा आज आइतबार बिहान भेटिएको शव ९ दिनअघि मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता रोहित रानाकै भएको पुष्टि भएको छ।

बिहान चितवनको इच्छाकामना गाउँपालिका(५ कालिखोला जलविरे स्थित त्रिशूली नदीको किनार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो।

उक्त शव नदीबाट बाहिर निकालेर हेर्दा रोहितकै भएको भनेर परिवारले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।

रोहितका बुवा अशोक रानासहति परिवारका सदस्य पनि शव भेटिएको स्थलमा आएका थिए। नदीबाट बाहिर निकालेपछि शव रोहितकै भएको पुष्टि भएको प्रहरी निरीक्षक केसीले बताए।

लमजुङको सुन्दबजार गाउँपालिका(३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षीय रोहित फागुन २ गते बागमती प्रदेश ०६(०२ प ९२०४ नम्बरको मोटरसाइकलमा नारायणगढबाट काठमाडौँ जाँदै गर्दा बिहान ११स्३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका(५ चट्टानेभीरमा दुर्घटनामा परेका थिए।

सडकछेउको डिभाइडरमा मोटरसाइकल ठोकिँदा उनी उछिट्टिएर त्रिशूली नदीमा खसी बेपत्ता भएका थिए। उनी सवार रोयल इन्फिल्ड बाइक भने सडकमै थियो।

भारतीय सेनामा कार्यरत राना गोर्खाली राइफल म्यान हुन् भने उनी दुर्घटना हुनुभन्दा एक साताअघि मात्रै नेपाल आएका थिए।

लमजुङको सुन्दरबजार नगरपालिका(३ चन्द्रेश्वर स्थायी ठेगाना भएका रानाको परिवार दुई दशकदेखि चितवनको भरतपुर महानगरपािलका(१ रामनगरमा बस्छन्।

रानाको शव पोस्टमार्टमका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu