ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केबुलकार विवाद: फुङलिङमा झडपपछि १५ जना पक्राउ


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ११ : २७   बजे

काठमाडौं ११ फागुन । ताप्लेजुङको फुङलिङमा शनिबार राति भएको झडपपछि प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ।

उछृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता विवेक बस्नेतले जानकारी दिए।

राँके जुलुस निकाल्ने क्रममा शनिबार राति प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।

पदयात्रा सकेपछि ताप्लेजुङको फुङलिङ बजारस्थित वीरेन्द्र चोकमा कोणसभा गर्ने भनिए पनि प्रदर्शनकारीले एकाएक राँके जुलुस निकालेर सर्बसाधारणको घरमा छिरेपछि झडप भएको प्रहरीले जनाएको छ।

राँके जुलुस निकाल्ने क्रममा सर्वसाधारणको घर घरमा राँको लिएर प्रदर्शनकारी छिर्न थालेपछि अवस्था बिग्रिएको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले जानकारी दिइन्।

‘साँझ उहाँहरूको कोणसभा गर्ने कार्यक्रम थियो, कोणसभा नगरी राँके जुलुस निकाल्नुभयो,’ उनले भनिन्, ‘राँके जुलुस लिएर सर्वसाधारणको घर घरमा छिर्न थालेपछि समस्या भएको हो।’

प्रदर्शनकारी नागरिकको घर घरमा छिरेपछि अवस्थालाई नियन्त्रणमा लिन केही सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ।

ताप्लेजुङवासी पाथिभरामा केबुलकार बन्नु पर्छ र बन्नु हुँदैन भन्ने दुई ध्रुवमा विभाजित छन् । केबुलकार बन्नु हुँदैन भन्ने पक्षले केबलकार निर्माण स्थल केन्द्रित आन्दोलन गर्दै आएका छन्।

केबुलकार बन्नु पर्छ भन्ने पक्षले तिन दिन पहिला फुङलिङ बजारमा केबुलकार बन्नु पर्ने भन्दै सद्भाव र्‍याली निकालेका थिए।

सम्भावित घटना हुन नदिन आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ ९क० बमोजिम ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

असममा बाढी: ९७ वर्षीया वृद्धालाई केराको डुङ्गाले बचायो

ग्यासको अभावमा राष्ट्रियसभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu