काठमाडौं, ५ चैत । युएस–बंग्ला विमान दुर्घटनामा गत हप्ता ज्यान गुमाएकामध्ये २३ जना बांग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाउन लागिएको छ ।
नेपालका फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी हिजो सा“झ काठमाण्डौस्थित बंगलादेशी दूतावासका अधिकारीहरूलाई बुझाइएको थियो । पहिचान गरिएका २३ जना बंगलादेशी नागरिकको शव एउटा विशेष उडानबाट आज पठाउन लागिएको दूतावासका कन्सुलर अल अलेमुल मामले बताउनुभयो ।
उहाले ढाकाबाट आएका मृतकका आफन्त शब बुझाइने बताउनुभयो । पहिचान गरिएका मृतकहरूमा १० जना महिला, दुईजना बालबालिका र ११ जना पुरूष भएको कन्सुलर इमामले बताउनुभयो । काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा गत सोमवार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका १० जना बंगलादेशी यात्रुमध्ये थप उपचारका लागि ८ जनालाई ढाका र दुईजनालाई सिङ्गापुर पठाइएको कन्सुलर इमामले जानकारी दिनुभयो । नेपाल प्रहरीका अनुसार तीनजना बंगलादेशी यात्रुको शव पहिचान हुन बा“की छ ।
प्रतिक्रिया दिनुहोस्