ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्यौदा सार्वजनिक


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   १ : ४३   बजे

काठमाडौं १३ फागुन । सरकारले डिजिटल प्रविधिको पहुँच बढाउने उदेश्यसहित विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्यौदा सार्वजनिक गरेको छ । डिजिटल प्रविधिबाट सरकारी सेवा प्रभावकारी र जवाफदेही बनाउने गरी विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्यौदा सार्वजनिक भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र ई–गभर्नेन्स बोर्डले तयार गरेको मस्यौदामा सरकारी सेवालाई डिजिटल माध्ययमवाट छरितो बनाउने, डेटा व्यवस्थापनलाई सुधार गर्ने, साईबर सुरक्षा प्रवद्र्घन गर्ने र सूचना प्रविधिको उपयोगलाई सहज बनाउने उल्लेख छ ।

यसैगरी नागरिकलाई सरकारी सेवा पाउन बारम्बार पेश गर्नुपर्ने झन्झट हटाउने गरी एक पटक मात्र सिद्घान्त अपनाइने, उच्च गतिको ईन्टरनेट सेवा विस्तार गरी सबै नागरिकलाई डिजिटल सेवामा सहज पहुँच दिने, ईन्टरनेट सुविधा नपुगेका ठाउँमा सरकारी सेवाको पहुँच बढाउन डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरिने मस्यौदामा भनिएको छ ।

यसबाट सार्वजनिक सेवा चुस्त, पारदर्शी बन्नुका साथै डिजिटल अर्थतन्त्र निर्माणमा टेवा पुग्ने सरकारको अपेक्षा छ । ईगभर्नेन्स बोर्डले सात दिनभित्र मस्यौदामा राय सुझाव दिन अनुरोध गरेको छ ।

गएको वैशाखमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बिद्युतीय सुशासन आयोगको बैठकले विद्युतीय सुशासन ब्लुप्रिन्ट कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । सरकारले यस सम्बन्धी मस्यौदा परिमार्जनका लागि समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group