ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मौद्रिक समीक्षा सार्वजनिक गर्न राष्ट्र बैंकमा बोर्ड बैठक


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   १ : ४९   बजे

काठमाडौं १३ फागुन । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा आजै सार्वजनिक गर्दै छ। बैंकले मंगलबार साँझ समीक्षा सार्वजनिक गर्नका लागि बोर्ड बैठक बसिरहेको हो।

गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा भएका कारण पनि यस पटकको समीक्षालाई महत्त्वपूर्ण रुपमा हेरिएको छ।

पहिलो त्रैमासिक समीक्षा गर्दा नीतिगत फेरबदल नगरी मौद्रिक नीतिलाई नै निरन्तरता दिएका गभर्नर अधिकारीले दोस्रो त्रैमासिकमा पनि सोहीअनुसार तयारी गरेका छन्।

दोस्रो त्रैमासिकमा आइपुग्दा उपभोक्ता मुद्रास्फीति ५।४१ प्रतिशतमा छ भने आयात ७।१ प्रतिशतले र निर्यात ३१।८ प्रतिशतले बढेको छ। शोधनान्तर स्थिति पनि २ खर्ब ४९ अर्बले बचतमा रहँदा विदेशी विनिमय सञ्चिति पनि २३ खर्ब १६ अर्ब पुगिसकेको छ।

यस्तै ब्याजदर न्यूनतम सीमामा आइसक्दा पछिल्लो दुई महिनामा कर्जा प्रवाह पनि बढेको छ। पुस मसान्तसम्म ५।२ प्रतिशतले कर्जा बढ्दा ३।७ प्रतिशतले निक्षेप बढेको छ। मौद्रिक नीतिले चालू आवमा १२।५ प्रतिशतको कर्जा वृद्धिको लक्ष्य राखेकोमा चालू आवको ६ महिनामा यस्तो वृद्धि ५।२ प्रतिशत पुगेको छ।

समग्रमा हेर्दा तथ्यांकमा ठूलो परिवर्तन देखिँदैन। मुद्रास्फीतिको वृद्धि भने राष्ट्र बैंकको अनुमानभन्दा बाहिर गएको देखिन्छ। पुस मसान्तसम्म वार्षिक मुद्रास्फीति ५।४१ प्रतिशत पुगिसकेको छ।

चालू आवको मौद्रिक नीतिले मुद्रास्फीति ५ प्रतिशतमा राख्ने लक्ष्यसहित नीतिगत दरलाई ५ प्रतिशतमा राखेको थियो। राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति समीक्षा साँझ ५ बजेपछि सार्वजनिक गरिने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

सम्बन्धित

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu