ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–युक्रेन खनिज सम्झौतामा जेलेन्स्कीले शुक्रबार हस्ताक्षर गर्ने ट्रम्पको दाबी


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   ७ : ००   बजे

काठमाडौं, १४ फागुन । अमेरिका र युक्रेन खनिज सम्बन्धी सम्झौताको नजिक पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की शुक्रबार अमेरिका गएर सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्।
युक्रेनी अधिकारीले यो सम्झौतालाई सकारात्मक रूपमा लिएको बताएका छन्। अमेरिकाले युक्रेनलाई युद्धको समयमा ५०० अर्ब अमेरिकी डलर सहयोग गरेका कारण सो बराबरको श्रोतमा पहुँचको मागसहित प्रस्ताव गरेको थियो।
अमेरिकी माग अनुसारको परिमार्जित स्वरूपमा सहमति भएको जनाइएको छ। परिमार्जित सहमतिमा त्यसको आयमा बाँडफाँडको सहमति भएको जनाइएको छ। यसैगरी युक्रेनको सुरक्षाका बारेमा भने टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ। शुक्रबार हुने भनिएको जेलेन्स्कीको भ्रमणको दौरान यो विषय पनि टुङ्गो लाग्ने छ।
संसारका महत्त्वपूर्ण खनिजको ५ प्रतिशत युक्रेनमा रहेको जनाइन्छ। यसमा १९ मिलियन टन ग्राफाइट रहेको पुष्टि भइसकेको छ।
विद्युतीय सवारी साधनाका लागि ब्याट्री बनाउन ग्राफाइट प्रयोग हुन्छ। युरोप भरीको लिथियमको एक तिहाइ युक्रेनमा नै भएको विश्वास गरिन्छ। अहिले प्रयोग गरिने ब्याट्री निर्माणमा यसको प्रयोग हुन्छ।
हवाई जहाजदेखि पावर स्टेसन निर्माणका लागि आवश्यक पर्ने टिटानियम पनि युक्रेनमा नै पाइन्छ। हतियार, विन्ड टबाईन, इलेकट्रोनिक्स सामान तथा अन्य महत्त्वपूर्ण उपकरणका लागि आवश्यक पर्ने १७ तत्त्व युक्रेनमा नै पाइन्छ। युक्रेनका ३५० अर्ब अमेरिकी डलर बराबरको खनिज अहिले रुसले कब्जा जमाएको भूमिमा पर्छन्।
आफूले निर्णयमा हस्ताक्षर गर्ने गरेको ओभल अफिसमा रहेका ट्रम्पले यस सहमतिले युक्रेनले लडिरहने अधिकार पाएको बताए। ‘उनीहरू धेरै बहादुर छन्। तर अमेरिकाको पैसा, हतियार र सैन्य सहयोग नभएको भए यो युद्ध धेरै पहिले सकिने थियो’, ट्रम्पले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

रातिभन्दा दिउँसो धेरै भूभागमा भारी वर्षाको पूर्वानुमान

सम्बन्धित

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

स्पेनको रणनीतिक उत्कृष्टतासामु निरीह फ्रान्स : एम्बाप्पेले स्वीकारे हारका कारण, यामाल–रोड्रीको प्रभावले इतिहास रच्ने दाउमा ‘ला रोजा’

आफ्नै सरकारमाथि रास्वपा सांसदकै प्रश्न, बढ्दै आन्तरिक असन्तुष्टि

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २–० ले हराउँदै प्रभावशाली जित

विश्वकप २०२६ मा कुन क्लबका खेलाडीले गरे सबैभन्दा धेरै गोल? रियल म्याड्रिड शीर्षमा, पीएसजी दोस्रो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu