ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दीप राई हङकङको ‘गुड सिटिजन अवार्ड’बाट सम्मानित


एबीसी न्यूज
१४ फाल्गुन २०८१, बुधबार   २ : ४८   बजे

काठमाडौं १४ फागुन । हङकङमा दीप राई असल नागरिक सम्मान ९गुड सिटिजन अवार्ड० २०२४ बाट सम्मानित भएका छन्। अपराधविरुद्धको लडाइँमा उत्कृष्ट योगदानको कदरस्वरुप राईलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

आइतबार वानचाइ प्रदर्शनी केन्द्रमा हङकङ प्रहरीद्वारा आयोजित एक कार्यक्रममा राईलाई प्रहरी प्रमुखले सम्मानपत्र प्रदान गरेका हुन्।

हङकङको याउमा तेईमा बस्ने राई प्युर फिटनेस नुड कम्पनीमा कार्यरत छन्। उनी यस कम्पनीका सुपरभाइजर हुन्। उनका पिता दिनेश राई पनि यसै कम्पनीमा आबद्ध छन्, उनी म्यानेजर हुन्।

हङकङमा दुई दशक बिताइसकेको यस परिवारको नेपालमा पुर्ख्यौली थलो धनकुटाको खोकु छिन्ताङ हो। पछिल्लो समय भने काठमाडौँको नखिपोटमा बसोबास छ।

गतवर्ष राई कार्यरत फिटनेस कम्पनीमा चोरी भएको थियो। चोरीको आरोप लागेकी चिनियाँ युवतीले अपराध अस्वीकार गरिन्।

सुपरभाइजर राईले प्रहरीलाई छानविनका लागि सहयोग गरे। सीसीटीभी फुटेज लगायतका प्रमाणबाट युवती नै चोरीमा संलग्न रहेको पुष्टि भयो।

समुदायमा घटेको क्रियाकलापमा अनुसन्धान गर्न प्रहरीलाई सहयोग पुर्‍याएको कदरस्वरुप उनलाई ‘गुड सिटिजन अवार्ड’ले सम्मान गरिएको हो।

सन् १९७३ बाट दिन सुरु गरिएको यस प्रकारको अवार्डमा २०२४ को अवार्ड पाउनेमध्ये अल्पसंख्यक समुदायबाट सम्भवतस् राई एक मात्र हुन्।

अपराधविरुद्धको लडाइँमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गर्न असल नागरिक पुरस्कार ९गुड सिटिजन अवार्ड ( जीसीए० योजना सुरु गरिएको हङकङ प्रहरी बलको वेबसाइटमा उल्लेख छ।

यो योजनाको उद्देश्य जनतालाई प्रहरीसमक्ष अपराध रिपोर्ट गर्न, साक्षीको रूपमा काम गर्न तयार हुन र उपयुक्त हुँदा अरूलाई मद्दत गर्न तयार हुन प्रोत्साहित गर्नु हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group