ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले झण्डै १५ करोड आम्दानी गर्दा कांग्रेस २ करोड ३२ लाख घाटामा


एबीसी न्यूज
१५ फाल्गुन २०८१, बिहिबार   ८ : २६   बजे

काठमाडौं १५ फागुन । राजनीतिक दलहरुले निर्वाचन आयोगमा आफ्नो आम्दानी र खर्चको विवरण बुझाएका छन्।

निर्वाचन आयोगमा दर्ता भएका एक सय १५ वटा दलमध्ये सानाठूला ८८ राजनीतिक दलले मात्रै आर्थिक वर्ष २०८०र८१ को आम्दानी र खर्चको विवरण आयोगमा बुझाएका हुन्।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा आव समाप्त भएको छ महिनाभित्र राजनीतिक दलहरुले आफ्नो आयव्ययको लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ। लेखा परीक्षण गरेको एक महिनाभित्र त्यसको प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने प्रावधान छ।

आयोगमा बुझाइएको विवरण अनुसार हाल सरकारको नेतृत्व गरिएको दल एमाले सबैभन्दा धनी देखिएको छ।

आयोगमा बुझाइएको लेखा परीक्षण प्रतिवेदन अनुसार एमालेले गत आवमा १४ करोड ७९ लाख पाँच हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। एमाले आव २०७९र८० मा करिब दुई करोड ६२ लाख ८४ हजार रुपैयाँ घाटामा थियो।

यस वर्ष करिब सात करोड २८ लाख रुपैयाँ नाफा गरेको एमालेले जनाएको छ। एमालेको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट संकलन भएको सदस्यता शुल्क हो। यो शीर्षकमा एमालेले ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ।

एमालेले सात करोड २८ लाख रुपैयाँ नाफा गर्दा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने घाटामा देखिएको छ।

आफू दुई करोड ३२ लाख ४७ हजार ५९९ रुपैयाँले घाटामा रहेको सो दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

कांग्रेसले आव २०८०र८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपैयाँ आम्दानी गरेको छ। उसको खर्च भने चार करोड ९१ लाख ५६ हजार ३७५ रुपैयाँ छ।

कांग्रेसले आफ्नो आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग रकम रहेको जनाएको छ । काग्रेसले चन्दा सहयोगबाट एक करोड ७३ लाख ९४ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ। सदस्यता शुल्क, लेबी र नवीकरण शुल्कबापत कांग्रेसले करिब ७१ लाख रुपैयाँ आम्दानी गरेको छ।

नेकपा ९माओवादी केन्द्र० ले आव २०८०र८१ मा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष माओवादी केन्द्रले तीन करोड ४८ लाख ४१ हजार ९३ रुपैयाँ आम्दानी गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०८०र८१ मा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गर्दा ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ खर्च गरेको छ। आफू एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा रास्वपाले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आव २०७९र८० मा पाँच करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो।

त्यसैगरि नेकपा ९एकीकृत समाजवादी० ले गत आवमा चार करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ। आयोगमा बुझाइएको प्रतिवेदन अनुसार उसको आम्दानी भन्दा खर्च बढी छ।

सोही अवधिमा चार करोड ५७ लाख ४० हजार रुपैयाँ खर्च गरेको नेकपा एकीकृत समाजवादीले जनाएको छ।

त्यसैगरि जनमत पार्टीले आव २०८०र८१ मा एक करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ भने राप्रपाले यस वर्ष एक करोड ३८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ।

निर्वाचन आयोगमा आव २०८०र८१ मा ११५ दल दर्ता भएका थिए। दर्ता भएका दलमध्ये २७ दलले आयव्यको विवरण नबुझाएका आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group