ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा पक्राउ पर्नुअघिसम्म रास्वपाकै गतिविधिमा सक्रिय थिए मोहनजंग


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ९ : १२   बजे

काठमाडौं १९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले पदमुक्त गरेको बताए पनि केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा हिरासतमा पर्नुअघिसम्म पार्टी गतिविधिमा सक्रिय देखिन्थे । ठगी आरोपमा पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस कस्टम एन्ड बोर्डर प्रोटेक्सन सीबीपी० ले फागुन ५ मा उनलाई पक्राउ गरेको थियो ।

पक्राउबारे समाचार सार्वजनिक भएपछि रास्वपाले उनी पार्टीबाट कारबाहीमा परेको र पार्टी गतिविधिमा संग्लन नरहेको बताउँदै आएको छ ।

कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय सदस्य थापाले पार्टीमा निवेदन दिएर नै केन्द्रीय समिति सदस्यको जिम्मेवारीबाट बाहिर रहने जानकारी गराएको दाबी गरे ।

‘मोहन थापाले यसअगावै नै आफूले केही व्यक्तिगत कानुनी प्रक्रिया स्पष्ट र समाधान गर्नुछ र सो किनारा नलागेसम्म आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन भनेर निवेदन दिएर जानुभएको थियो,’ झाले भने । झाले यस्तो दाबी गरे पनि अमेरिका जानुअघि १६ फेब्रुअरीमा कतारमा आयोजित प्रवास नेपाली सम्पर्क विभागको कार्यक्रममा थापा पार्टीकै प्रतिनिधिका रुपमा सहभागी थिए ।

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार उनी पार्टीको बैठकमा सहभागी हुँदै आएका थिए । ती केन्द्रीय सदस्यले भने, ‘बेलाबखत बैठकमा एकछिन बसेर निस्कन्थे । तर उनलाई औपचारिक रुपमा केन्द्रीय सदस्यमा ल्याएको जानकारी छैन ।’ ती केन्द्रीय सदस्यका अनुसार कतार जानुअघि उनी म्याग्दीमा आयोजित पार्टीको जिल्ला भेलामा पनि सहभागी थिए ।

मेरिल्यान्ड राज्यको बाल्टिमोर बस्दै आएका थापा १६ फेब्रुअरीमा नेपालबाट अमेरिका फर्किएका थिए । ग्रिनकार्ड प्राप्त गरेर अमेरिका बस्दै आएका उनलाई सीबीपीले पक्राउ गरेर यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट ९आईस० को जिम्मा लगाएको थियो । उनलाई फिलाडेल्फिया फेडरल डिटेक्सन सेन्टरमा राखिएको छ । कानुनी प्रक्रिया पूरा गरेर अमेरिका बस्दै आएका आप्रवासी आपराधिक गतिविधिमा संलग्न भेटिएमा यस्तो सेन्टरमा राख्ने गरिन्छ ।

थापा २०८० मा केन्द्रीय सदस्यबाट निलम्बनमा परेका थिए । रास्वपाका तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पार्टीलाई पैसा बुझाउनुपरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै उनलाई पार्टीले सांसद पदबाट पदमुक्त गरेको थियो ।

श्रेष्ठले सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीका केन्द्रीय सदस्य थापाले पैसा मागेको आरोप लगाएका थिए । रास्वपाका तत्कालीन सांसद श्रेष्ठलाई आर्थिक लेनदेनमा निलम्बन गर्दै कारबाही गरेका बेला थापा पनि निलम्बनमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group