ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्र र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसित भेटघाट


एबीसी न्यूज
१९ फाल्गुन २०८१, सोमबार   ९ : १८   बजे

काठमाडौं १९ फागुन । परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत अवस्थामा ज्यान गुमाएकी रूपन्देहीको सिद्धार्थनगर–८ की छात्रा प्रकृति लम्सालका अभिभावकसित भेटघाट गरेका छन् ।
छोरीको मृत्युपछि शोकमा रहेका आमाबुवा र आफन्तजनसित प्रकृतिको मामाघरमा पुगेर सोमबार अपराह्न भेटघाट गरी समवेदना प्रकट गरेको परराष्ट्रमन्त्री राणाले जनाएकी छन् ।
‘प्रकृतिको मृत्युको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कानुनबमोजिम कडा कारबाहीका लागि मैले सुरुदेखि कूटनीतिक पहल जारी राखेकी हुँ,’ आफ्नो फेसबुक पेजमा भेटघाटको तस्बिर विवरण उल्लेख गर्दै राणाले भनेकी छन्, ‘आज पनि प्रकृतिलाई न्याय दिलाउने कुरा परिवारलाई जानकारी गराएँ ।’

प्रकृतिको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे गत सातामात्रै ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसित फोनमा कुराकानी गरेको उनले उल्लेख गरेकी छन् । ‘मुख्यमन्त्री माझीसित मैले प्रकृतिको मृत्युबारे निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कारबाहीका लागि अनुरोध गरिसकेकी छु ।’ साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित पठनपाठनको वातावरण बनाउन पनि अनुरोध गरेको उनले बताइन् ।

‘यस घटनालाई ओडिसा राज्य सरकारले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीलाई कारबाही गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिएको मुख्यमन्त्री माझीले जानकारी दिनुभएको छ,’ मन्त्री राणाले लेखेकी छन्, ‘यस विषयमा सम्बन्धित कलेजले पनि समिति बनाएको र नयाँदिल्लीस्थित दूताबासबाट पनि कूटनीतिक कर्मचारी खटिरहेकाले समन्वयका लागि माझीसित अनुरोध गरेकी छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu