ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय आविष्कार केन्द्रले २३ लाख रुपैयाँमा सङ्घीय अस्पतालमा थन्किएका पाँच सय उपकरण मर्मत गर्‍याे


एबीसी न्यूज
२० फाल्गुन २०८१, मंगलबार   १ : ४२   बजे

काठमाडौं २० फागुन । राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ ।

गएको भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्नुभएको थियो ।

मन्त्री पौडेलको उपस्थितिमा भएको सम्झौतापछि अहिलेसम्म १० वटा सङ्घीय अस्पतालका पाँच सय उपकरण मर्मत भएको हो ।

६ सय ६१ वटा उपकरणको मूल्याङ्कन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इन्जिनियर उमेश किरातीले बताउनुभयो । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । बजार मूल्य सर्वेक्षण गर्दा २४ करोड ३० लाख रुपैयाँ लाग्ने जानकारी आएकामा २३ लाख रुपैयाँमै हुनु भनेको निकै कम खर्चमा ती उपकरणको मर्मत भएका उहाँको भनाइ छ ।

यसैबीच करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट आएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने अभियानमा सबैको साथ र सहकार्य निरन्तर रहने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu