ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केयूको भीसी छनोटमा सहमति नभए प्रधानमन्त्रीले उम्मेदवारको नम्बर हेर्ने


एबीसी न्यूज
२० फाल्गुन २०८१, मंगलबार   ९ : २६   बजे

काठमाडौं, २० फागुन । काठमाडौं विश्वविद्यालयको कुलपति एवं प्रधामनमन्त्री केपी शर्मा ओलीले उपकुलपतिका उम्मेदवारहरूले पाएको नम्बर हेर्ने भएका छन् ।

समितिले नाम सिफारिस गर्न ढिलाइ गरेपछि प्रधानमन्त्री ओलीले समितिका सदस्यहरूलाई मंगलबार बोलाएर नाम सिफारिस गर्न ढिलाइ भएको विषयमा चासो राखेका हुन् ।

‘समितिका सदस्यसँग प्रधानमन्त्रीले छलफल गर्नुभएको हो । समितिमा सहमति गरेर नाम सिफारिस गर्न प्रधामनन्त्रीले भन्नु भएकोे छ,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘यदि सहमति नभए कसले कति नम्बर पाएको हो त्यो प्रधानमन्त्रीले हेर्नुहुन्छ ।’
गत फागुन २ र ३ गते सर्ट लिस्टमा परेका १० जनाको अन्तर्वार्ता सकिएर पनि समितिले नाम सिफारिस गरेको छैन ।
समितिमा केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्मा संयोजक, सदस्यमा डा। अर्जुन कार्की र पूर्वसचिव जनार्दन नेपाल छन् । तीन सदस्यबीच सहमति नहुँदा केयूको उपकुलपतिका लागि नाम सिफारिस भएको छैन ।
१० जनाबाट मेरिटको आधारमा तीन जनाको नाम समितिले सिफारिस गर्नुपर्ने हो । आफू अनुकुलका व्यक्तिलाई नाम सिफारिस गर्न खोजेपछि समितिका तीन सदस्यबीच सहमति नभएको केयूका अधिकारीहरू बताउँछन् ।
तर समितिका सदस्यहरू यसविषयमा बोल्न चाहदैनन् । यद्यपि, केयूका अधिकारीका अनुसार बुधबार समितिले नाममा सहमति गर्न अन्तिम प्रयास गर्ने तयारी गरेका छन् ।
उपकुलपतिको दौडमा अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाकाली नदीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, शारदा ब्यारेजमा ठूला सवारी रोकियो

देशका विभिन्न स्थानमा पाँचजना मृत फेला

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu