ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा वन्यजन्तुकाे आक्रमणबाट ६ महिनामा १० जनाकाे ज्यान गयाे


एबीसी न्यूज
२१ फाल्गुन २०८१, बुधबार   १२ : ४४   बजे

काठमाडौं २१ फागुन । चितवनमा वन्यजन्तुको आक्रमणमा परी ६ महिनामा १० जनाको ज्यान गएको छ । गएको साउनयता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट १० जनाको ज्यान गएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट ८ तथा हात्ती र बाघको आक्रमणबाट १र१ जनाको ज्यान गएको हो । यो आर्थिक वर्षमा जङ्गली जनावारका कारण १४ जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट १२ र हात्तीको आक्रमणबाट २ जना घाइते भएका हुन् ।

निकुञ्जले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने गरेको छ । यस्तै घाइतेको उपचारका लागि दुई लाख रुपैयाँसम्म सरकारी अस्पतालको उपचार खर्च बेहोर्ने गरेको छ । अहिलेसम्म ९४ लाख ६१ हजार ९ सय ३१ रुपैयाँ राहतस्वरूप प्रदान गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो । राहतस्वरूप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा वर्षेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा ज्यान गुमाउनुपरेको थापामगरको भनाइ छ । उहाँका अनुसार निकुञ्जभित्र वन्यजन्तुको वासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमा मात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

विश्वकपको ‘अघोषित फाइनल’ : फ्रान्स र स्पेन उपाधि यात्राको निर्णायक भिडन्तमा

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

संसद्मा प्रेस स्वतन्त्रता, रवि–बालेनको प्रवेश र नियम उल्लंघनको विवाद : रास्वपा–एमालेबीच आरोप–प्रत्यारोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu