ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   ८ : २६   बजे

काठमाडौं १ चैत । प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । सन् १९३३ को मार्च १ मा भारतको गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा बुबा प्रेमबहादुर र आमा पवित्राका सन्तानका रूपमा जन्मिएका क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति निधन भएको हो ।

गुवाहाटीको मरिखालीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको नेपालीभाषी भारतीय साहित्यकार रूद्र बरालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका उहाँको पढाइ बङ्गला, नेपाली र अङ्ग्रेजी माध्यममा भएको थियो । उहाँले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्यविद्यापीठ कलेजमा अध्यापन गर्नुभयो ।

विद्यालयमै पढ्दादेखि साहित्य साधनामा लागेका क्षेत्रीको पहिलो प्रकाशित कविता ‘शिवस्तुति’ १६ वर्षको उमेरमा प्रकाशित भयो भने पहिलो उपन्यास ‘बसाइँ’ २४ वर्षको उमेरमा सन् १९५७ मा प्रकाशित भएको थियो । ‘बसाइँ’ उपन्यास पूर्वोत्तर भारतको पहिलो उपन्यास हो भने यो नेपाली आख्यान साहित्यको सर्वाधिक पढिएको, चर्चित र प्रकाशित उपन्यास हो ।

उहाँले ‘अतृप्त’ , ‘ब्रह्मपुत्रको छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ लगायतका उपन्यास लेख्नुभएको छ । उहाँले ‘लीलबहादुर कथाहरू’ र ‘छरिएको बिस्कुन’ लेखेर नेपाली आख्यान साहित्यमा थप योगदान पुर्‍याउनुभएको छ । उहाँका धेरै कथा, निबन्ध, एकाङ्कीहरु प्रकाशित छन् ।

सात दशक लामो साहित्ययात्रामा उहाँले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार पाउन सफल हुनुभएको छ । साहित्यकार क्षेत्रीले दार्जिलिङले ‘दियालो पुरस्कार’, पश्चिम बङ्गालको ‘भानु’ पुरस्कार प्राप्त गर्नुभएको छ । ‘ब्रह्मपुत्रका छेउछाउ’ उपन्यासले साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बनेको थियो । उहाँ सन् २०२० मा पद्मश्री पुरस्कारले सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group