ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्नै सक्दैन – राजेन्द्र लिङ्देन


एबीसी न्यूज
३० फाल्गुन २०८१, शुक्रबार   ७ : ०४   बजे

काठमाडौं १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालमा राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापना गर्न कसैले रोक्न नसक्ने जिकिर गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले देश हाल चौबाटोमा पुगिसकेको बताए।

अहिलेको सबै घटनाक्रमले प्रस्ट पारेको छ, यसलाई यहीँ रोकेर राख्न सकिँदैन। अब अगाडि बढ्नेवालै छ, उनले भने, र, नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापना हुनेवालै छ। यसलाई कसैले रोक्न सक्दैन।

उनले भीडले नेताहरूलाई विस्थापित वा राजनीतिक दलका बीचमा सहमति कायम गरेर राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापना हुने जिकिर गरे। दलहरू सबै अटाउने प्रजातन्त्रसहिको राजसंस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा आफूहरू रहेको उनले उल्लेख गरे।

दुइटा बाटोमध्ये कुनचाहिँ बाटोबाट यसलाई स्वीकार्ने भन्ने कुरा हो। एउटा बाटो, अहिलेको संस्थापनलाई निषेध गरेर, भनेको भीडले अहिलेको नेताहरूलाई विस्थापित गरेर, उनले भने, बंगलादेश, श्रीलंकाजस्तो नेताहरूलाई भागाभागको स्थिति बनाएर।

उनले थपे, दोस्रो, त्यस्तो स्थिति आउन नदिएर सबै राजनीतिक शक्तिहरूको बीचमा नयाँ सहमति गरेर। कुनचाहिँ बाटोबाट आउँछ, तर आउँछ।

अध्यक्ष लिङदेनले राजसंस्था र प्रजातन्त्र एकार्काको विकल्प हो भन्ने भ्रम फैलाएर समाजलाई विभाजित गर्ने प्रयास गरिएको बताए। राजसंस्था र प्रजातन्त्र एकार्काका विकल्प नभएको उनले धारणा राखे।

उनले पूर्वराजाको स्वागतमा आफूहरूले हालसम्मकै ठूलो ‘जनसागर’ देखेको बताए। केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनको भनाइ थियो।

ुमैले त मेरो जीवनमा मेरो आँखाले देखेको सबभन्दा ठूलो जनसागर हो त्यो। त्यो चिज कति सञ्चारमाध्यमको समाचारको विषय बनेन्। छाप्नुपर्ने र उल्लेख गर्नुपर्ने विषय भएन।ु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सोलुखुम्बुमा तेस्रो रेड पाण्डा म्याराथन हुने

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu