ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई सोधिने प्रश्नबारे सत्ता-प्रतिपक्ष सवालजवाफ


एबीसी न्यूज
१ चैत्र २०८१, शनिबार   ८ : ०२   बजे

काठमाडौं २ चैत । प्रधाननमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई लिएर सत्ता र विपक्षीबीच सवालजवाफ भएको छ ।

शनिबार सिंहदरबारमा बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।

उक्त छलफलमा सत्तापक्षले प्रश्नहरू धेरै सोधिएको भन्दै काटछाट गर्नुपर्ने प्रस्ताव राखेका थिए । विपक्षी दलका प्रमुख सचेतकहरूले भने प्रश्न काटछाट हुन नहुने बताएका थिए ।

सत्ता र प्रतिपक्षीबीच सवालजवाफ चलेपछि उपसभामुख इन्दिरा रानाले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने बताइन् ।

‘माननीयज्यूको वाक स्वतन्त्रता पनि हुनुपर्छ । सोध्न पाउनुपर्छ । तर, सभ्य र शिष्ट तरिकाले । प्रधानमन्त्री भनेको देशको इज्जत हो । सभ्य तरिकाले सोध्नुपर्छ । प्रधानमन्त्रीले उत्तर पनि दिनुपर्छ’ रानाले भनेकी छन् ।

सरकार सदनप्रति जवाफदेही हुनुपर्ने भन्दै उपसभामुख रानाले सदनभित्र सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन्न भन्न नपाइने बताएकी हुन् ।

सभामुख देवराज घिमिरेले सांसदको अधिकार कुण्ठित नहुने र सभ्य हुने गरी व्यवस्थित गरेर जानुपर्ने बताएका थिए ।

यसअघि ४ फागुनको प्रश्नोत्तरमा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउँदै जवाफ दिएका थिएनन् । व्यक्तिगत आक्षेप लाउने प्रश्न भन्दै एमाले सांसदहरूले सदनमै प्रश्न उठाएका थिए ।

अब ७ चैतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुँदैछ ।
शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको परामर्शको आधारमा १५ दिनको लागि संसदीय क्यालेन्डर समेत तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सोलुखुम्बुमा तेस्रो रेड पाण्डा म्याराथन हुने

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu