ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘समाजवादी मोर्चा प्रचण्डलाई सरकारमा जान बनाइएको टेको होइन’


एबीसी न्यूज
१ चैत्र २०८१, शनिबार   ८ : १४   बजे

काठमाडौं २ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा आफूलाई सरकारमा जाने टेकोका रुपमा निर्माण नगरिएको बताएका छन्।
शनिबार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रचण्डको लागि समाजवादी टेको बनाइयो भन्नेकुरा सही नभएको उनको भनाई थियो।

उनले समाजवादी मोर्चालाई फागुन २५ गतेको राजावादीहरुको प्रदर्शनपछि मात्रै सक्रिय बनाइएको भन्नेकुरा गलत भएको र यसअघि पनि आफूहरुले विभिन्न कार्यक्रम गरेको स्पष्ट पारे।
अध्यक्ष दाहालले भने, ‘समाजवादी मोर्चा प्रचण्डको लागि टेको हो भन्नेकुरा बिल्कुलै गलत हो। हामीले समाजवादी मोर्चा सोचे, सम्झेर बनाएको हो। पहिला उपेन्द्र यादव हुनुहुन्थ्यो, अदालतमा मुद्दा परेकाले अहिले हुनुहुन्न। अहिले महेन्द्र राय यादव हुनुहुन्छ। हामी चार पार्टी नै रहेका छौँ। यो प्रचण्डको लागि भन्ने जो पर्न गएको छ, त्यो गलत पर्न गएको छ। समाजवादी मोर्चा २५ गतेको कार्यक्रमपछि मात्रै बैठक बसेर कार्यक्रम घोषणा गरेका होइन।’

अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा गर्न आवश्यक रहेको बताए। सोही उद्देश्य लिएर आफूहरु जनतासँग जोडिएको उनको जिकिर छ।

उनले विगतमा भएका त्रुटीहरु सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। समाजवादी मोर्चाको कार्यक्र राजावादीहरुको प्रदर्शको जवाफ र कम्पनको कुरा नभएको बताए।

उनले भने,‘हामीले के महशुस पक्कै गरेको हो भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुले एक पटक जनतासँग आफ्नो आत्समीक्षा पनि जनतालाई राख्नुपर्ने भयो। केके त्रुटी विगतमा भए भन्नुपर्ने हुन्छ, अघि कसरी जाने भन्नेकुरा जनतालाई भन्नका लागि राखिएको कार्यक्रम हो। यो कुनै रियाक्शन पनि होइन। सानो कम्पन र ठूला कम्पनको कुरा पनि होइन।’

अध्यक्ष दाहालले सरकारमा भएका वा नभएका पनि गणतन्त्रका पक्षधहरुसँग कुरा भइरहेको तर सरकारले विपक्षी दलहरूलाई अघि बढ्न साथ दिने कुरा नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

सम्बन्धित

माजिद अन्सारी पक्राउ प्रकरणबारे रास्वपा सांसद खरेलको कडा चेतावनी ‘प्रहरीको अनुहारमा बालेन र सुदन गुरुङ’

विश्वकप २०२६: फ्रान्स र स्पेन सेमिफाइनल भिडन्तको तयारी पूरा, इंग्ल्यान्ड–अर्जेन्टिना खेलको पनि प्रतिक्षा

नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्नुपर्दछः एमाले सांसद ठगुन्ना

विचाराधीन मुद्दामा गम्भीर अध्ययनबिना अभिव्यक्ति दिनु अनुपयुक्तः प्रमुख सचेतक ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu