ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमाससँगको युद्धविराम वार्ता चलिरहेका बेला गाजामा इजरायली हवाई आक्रमण, ९ जनाको ज्यान गयो


एबीसी न्यूज
२ चैत्र २०८१, आइतबार   ३ : ५२   बजे

काठमाडौं ३ चैत । गाजाको लाहिया शहरमा इजरायली हवाई आक्रमणमा परी तीन जना स्थानीय पत्रकारसहित कम्तीमा नौ जना प्यालेस्टिनीको ज्यान गएको छ । इजरायली ड्रोन आक्रमण कारमा बज्रिँदा धेरै जना गम्भीर घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

हमास नेताहरूले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरूसँग युद्धविराम वार्ता गरिरहेका बेला यो घटना भएको हो । यो घटनाले गाजामा ठूलो लडाई रोक्ने गरी जनवरी १९ मा भएको युद्धविराम सम्झौताको कमजोरीलाई देखाउँछ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले युद्धविरामको बाबजुद इजरायली आक्रमणबाट मानिसहरू मारिने क्रम नरोकिएको बताएका छन् । जनवरी १९ यता इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको प्यालेस्टिनीहरूको सङ्ख्या एक सय ५० जना पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

शुक्रवार हमासले युद्धको स्थायी अन्त्यका लागि युद्धविराम वार्ताको अर्को चरण शुरू गरेमा एक अमेरिकी–इजरायली दोहोरो नागरिकता भएका व्यक्तिलाई रिहा गर्न सहमत भएको बताएको थियो । तर यो प्रस्तावलाई इजरायलले ‘मनोवैज्ञानिक युद्ध’ भनेर खारेज गर्‍यो ।

दोस्रो चरणको वार्ताका लागि मध्यस्थकर्ताहरूबाट प्रस्ताव प्राप्त गरेपछि हमासले न्यु जर्सीका मूल निवासी, इजरायली सेनामा कार्यरत २१ वर्षीय एडान अलेक्ज्यान्डरलाई रिहा गर्ने प्रस्ताव गरेको बताएको छ । इजरायलले युद्धविरामको पहिलो चरणलाई विस्तार गर्न चाहेको बताएको छ भने हमासले दोस्रो चरणअन्तर्गत मात्र बन्धकहरूलाई मुक्त गर्ने कार्य पुनः शुरू गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

सम्बन्धित

संसद्‍मा सरकारमाथि चौतर्फी प्रहार: राज्य संकटमा रहेको अमरेशको दाबी, ‘राज्यसत्ता नेपो किड र बिचौलियाको कब्जामा’ : वर्षमान पुन

साधारण मानिस हुनुको असह्य चिन्ता

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu