काठमाडौं ३ चैत । उत्तरी म्यासेडोनियाको गृहमन्त्री पान्चे तोश्कोभ्स्कीले कोचानीमा भएको नाइटक्लबको आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी व्यक्ति घाइते भएको पुष्टि गरेका छन्।
प्राप्त जानकारी अनुसार, ५१ जनाले ज्यान गुमाएका छन्, र १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् र उनीहरूलाई स्टिप, कोचानी र स्कोप्जेका अस्पतालहरूमा लगिएको मेसोडोनियाका अधिकारीलहरुरुले जनाएको द गार्डियनले उल्लेख गरेको छ ।
प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कले नाइटक्लबको आगलागीको “त्रासदी” बारे “गहिरो दुख” व्यक्त गरेका छन्। उनले यति धेरै युवाहरूको ज्यान गुम्नु “अपूरणीय” भएको बताउँदै आगलागीमा मारिएकाहरूका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेका छन्।
मिकोस्कले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र सरकार आगलागीको कारण पत्ता लगाउन “पूर्ण रूपमा परिचालित” भएको बताएका छन्।
“म सबै सम्बन्धित संस्थाहरू – स्वास्थ्य सेवाहरू, प्रहरी, स्थानीय अधिकारीहरू – लाई घाइतेहरूलाई सहयोग गर्न र प्रभावित परिवारहरूलाई समर्थन गर्न तत्काल कदम चाल्न आह्वान गर्छु,” उनले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख छन् ।
प्रतिक्रिया दिनुहोस्