ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण, प्रतिव्यक्ति ९० हजार माथि


एबीसी न्यूज
४ चैत्र २०८१, मंगलबार   ८ : ०१   बजे

काठमाडौं ५ चैत । नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म यस्तो ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो । चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको उक्त ऋण ८ महिनामा अवधिमा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो । यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४६।९१ प्रतिशत बराबर हो ।

उक्त रकममध्ये आन्तरिक ऋण दायित्वतर्फ १३ खर्ब १५ अर्ब रुपैयाँ तथा बाह्य ऋण दायित्वतर्फ १३ खर्ब ६० अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ । आन्तरिक र बाह्य ऋणको यो हिस्सा क्रमशः ५०।८३ प्रतिशत तथा ४९।१६ प्रतिशत हो ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । यस्तै, बाह्य क्षेत्रबाट ६५ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

यही अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ । त्यस्तै, यही अवधिमा ३६ अर्ब ९७ करोड रुपैयाँ बराबरको आन्तरिक ऋणको ब्याज भुक्तानी तथा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बाह्य ऋणको ब्याज भुक्तानी गरेको तथ्यांक छ ।

अहिलेसम्म विदेशी विनिमयदरमा भएको ह्रासका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण वृद्धि भएको कार्यालयले जनाएको छ ।

सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण तथा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बाह्य ऋण उठाउने लक्ष्य लिएको छ । त्यसमध्ये अहिलेसम्म प्राप्ति प्रतिशत आन्तरिकतर्फ ८१।५६ तथा बाह्यतर्फ ३०।१७ प्रतिशत हो ।

यो ऋण रकम प्रतिव्यक्ति ९० हजार ३२० रुपैयाँ बराबर हो । २०७८ को जनगणना अनुसारको जनसंख्या र वार्षिक वृद्धिदर समेतका आधारमा प्रतिव्यक्ति ऋण सो बराबर पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu