ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति ४५.५८ प्रतिशत


एबीसी न्यूज
४ चैत्र २०८१, मंगलबार   ८ : ३६   बजे

काठमाडौं ५ चैत । सिद्धबाबा सुरुङ आयोजनाको भौतिक प्रगति ४५।५८ प्रतिशत पुगेको छ ।

गत माघमा मुख्य सुरुङ ‘ब्रेक थ्रु’ हुँदा आयोजनाको प्रगति ४० प्रतिशत हाराहारी थियो । ११ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सुरुङको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका थिए ।
त्यहाँ १ हजार ८९ मिटर लामो मुख्य सुरुङ बनाइएको छ । यसबाहेक तीन बाइपास सुरुङ समेत ब्रेक थ्रु भइसकेको छ । अहिले सुरुङमा आवश्यक अन्य संरचना निर्माण जारी रहेको आयोजनाले जनाएको छ ।

यसबाहेक स्लोप प्रोटेक्सनको काम समेत जारी रहेको आयोजनाले जनाएको छ । यो आयोजनाको वित्तीय प्रगति ४३।८ प्रतिशत छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ ।

यो खण्डको झन्डै ४ किलोमिटर सडक बर्खा र हिउँदमा सधैं पहिरोको उच्च जोखिममा पर्ने गरेको छ । सोही जोखिम मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार चैत २०८३ भित्र सुरुङमार्गको काम सक्नुुपर्ने छ ।

टनेलको ब्रेक थ्रु भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान ९लाइनिङ०, गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नाली लगायत निर्माणका काम थालिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu