ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु चुनाव रोकिएका र स्थगित भएका क्याम्पसमा प्रक्रिया अघि बढाउन निर्देशन


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   १० : ५८   बजे

काठमाडौं ६ चैत । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को नेतृत्व चयन गर्न मतदान भएको छ ।

स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय वटा क्याम्पसमा नेतृत्व छान्न चुनाव भएको हो ।

अधिकांश क्याम्पसमा मतदान सकिएलगत्तै गणना गरिएको छ । नतिजाको पूर्ण सूची सार्वजनिक हुन बाँकी छ ।

त्रिविले आंगिक क्याम्पसको मात्रै सार्वजनिक गर्छ । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी हुनुभएको छ ।

पुल्चोक र थापाथली इन्जिनियरिङमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । केही क्याम्पसमा भने चुनाव रोकिएको छ ।

निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।

ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएपछि रोकियो । पाटन संयुक्त क्याम्पस परिसरमा झडप हुँदा केही विद्यार्थीसमेत घाइते भएका छन् ।

काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पस ९आरआर०, त्रिचन्द्र र अमृत साइन्स कलेज ९अस्कल० मा पनि अन्तिम समयमा मतदान अवरुद्ध बनेको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा आज चुनाव हुँदैछ । त्यस्तै काठमाण्डौको पद्मकन्या क्याम्पसमा भोलि र त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा पर्सि चुनाव गर्ने तयारी छ ।

त्यस्तै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । काठमाण्डौ उपत्यकाबाहिरका कतिपय क्याम्पसमा पनि हिजो मतदान हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu