ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साधुसन्तले भनेर नेपालमा राजतन्त्र फर्किँदैन – विमलेन्द्र निधि


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   १ : ३३   बजे

काठमाडौं ६ चैत । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले साधुसन्तले भनेर देशमा राजतन्त्र नफर्किने टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै निधिले राजतन्त्र फर्किन सक्ने अवस्था नै नभएको बताएका हुन्।

देशी(विदेशी साधुसन्तले भनेर नेपालमा यो आउँछ त्यो आउँछ कसैले सोच्छ भने नसोचे हुन्छ, उनले भने, स्मरण गरौँ, हामीले यही संविधान जारी गर्ने बेलामा तथाकथित नाकाबन्दी भएको थियो। हामीलाई रोक्न पनि खोजिएको थियो। हामी चाहिँ आफ्नै नेपाल, नेपाली फस्टलाई हामी आफैँले प्रयोगबाट प्रमाणित गरेका छौँ।

उनले कुनै पनि हालतमा राजतन्त्र नर्फकने दाबी गरेका छन्। जनताले राजतन्त्र नचाहेको र जनताको विरुद्धमा गए आफूहरू जे पनि गर्न तयार रहेको चेतावनी दिए।

ुकुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन। कुनै पनि किसिमको राजतन्त्र फर्किने अवस्था छैन,ु उनले भने, ुजनताले चाहेको छैन, रुचाउँदैन। त्यसका लागि जे पनि गर्न तयार छौँ, हेक्का रहोस्।ु

उनले देशी–विदेशी साधुसन्तले भनेजस्तो राजतन्त्र आउँछ भन्ने नसोच्न चेतावनी दिए। उनले नेपालको अन्तिम राजा ज्ञानेन्द शाह भएको बताए। संविधान बनाउने बेलामा निर्णय स्वीकार गरेको भन्दै उनले उनको प्रशंसा पनि गरे।

ुइतिहासमा हेर्ने हो भने राजतन्त्र अन्त्य हुने बेलामा कस्तो दुर्गति हुन्छ तत्कालीन राजाहरूको,ु उनले भने, ुनेपाली जनताले त्यो धैर्यता, सहनशीलता, सम्मान दिएको छ। त्यो सीमालाई पार गर्न हुँदैन, सचेत गराउन चाहन्छु।ु

पछिल्लो समय राजावादीहरूको सक्रियता बढेसँगै अन्य दलका नेताहरू भने सशंकित हुँदै अभिव्यक्ति दिँदै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group