ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी ऐनमा समावेश नभएसम्म एमपीएसका आधारमा बढुवा गर्न सर्वोच्चको रोक


एबीसी न्यूज
५ चैत्र २०८१, बुधबार   १ : ३८   बजे

काठमाडौं ६ चैत । नेपाल प्रहरीमा तत्काल मास्टर इन पुलिस साइन्स एमपीएस का आधारमा बढुवा तथा कोटा निर्धारण नहुने भएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमारसहित २० जनाले दायर गरेको रिटमा सोमबार सुनुवाइ गरेको सर्वोच्चले एमपीएसअनुसार बढुवा सेवासम्बन्धी व्यवस्था कानुनमा समावेश नभएसम्म कार्ययोजनाबमोजिम प्रस्तावित बढुवा प्रतिशत निर्धारण र बढुवा अंक प्रदान नगर्नुरनगराउनु भन्ने अन्तरिम आदेश जारी गरिएको छ।

न्यायाधीश कुमार चुडाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले एमपीएस कार्यक्रम नै रोक्ने गरी अन्तरिम आदेश जारी गर्न भने सर्वोचले अस्वीकार गरेको छ।

‘एमपीएस कार्यक्रम प्रहरी अधिकृतलाई प्राज्ञिक एवम् दक्ष बनाई वृत्तिविकासमा आबद्धता गर्ने गरी २०५० सालदेखि नै विज्ञ सम्मिलित समितिहरू गठन गरी आवश्यक अध्ययनसमेत गरी सञ्चालन हुन गइरहेको कार्यक्रम भएकाले निवेदन मागबमोजिम सो एमपीएस कार्यक्रम नै रोक्ने गरी अन्तरिम आदेश जारी गर्न मिलेन’, आदेशमा भनिएको छ।

एमपीएसमा सहभागी भई उत्तीर्ण हुने प्रहरी अधिकृतको बढुवा प्रतिशत निर्धारण एवम् बढुवा अंक सारभूत विषय हुँदा उक्त कार्ययोजनाबमोजिमको बढुवा प्रतिशत निर्धारण र बढुवा अंक सेवासम्बन्धि कानुनबाट नै निर्धारण हुनुपर्ने भएकाले सेवासम्बन्धी कानुनमा सो व्यवस्था समावेश नभएसम्म उक्त कार्ययोजनाबमोजिमको प्रस्तावित बढुवा प्रतिशत निर्धारण गर्ने कार्य र बढुवा अंक प्रदान गर्ने कार्य नगर्नुर नगराउनु भन्नेसम्म अन्तरिम आदेश जारी गरिएको आदेशमा उल्लेख छ।

एमपीएसलाई बढुवाको योग्यतामा राख्ने, कोटा तथा प्राथमिकता दिने कार्य गैरकानुनी एवम् क्षेत्राधिकारबाहिर भएको र यस्तो अवधारणासहित उक्त कार्यक्रम सञ्चालन गर्दा निवेदकहरूको वृत्ति विकासमा असर पुग्न गई अपूरणीय क्षति पुग्ने दाबी निवेदकको थियो।

उनीहरूले निवेदनको अन्तिम टुंगो नलाग्दासम्म एमपीएस कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा विपक्षीले जारी गरेको एमपीएस सञ्चालन कार्ययोजना, २०८१ पुलिस लिडरसिप एन्ड स्टाफ कोर्षको सञ्चालन कार्यप्रणाली, २०८१ पुलिस लिडरसिप एन्ड स्टाफ कोर्षको प्रवेश परीक्षासम्बन्धी कार्यादेश, २०८१ र इनरोलमेन्ट फर्म भर्ने सम्बन्धमा जारी गरिएको मिति २०८१ माघ २१ गतेको पत्रलगायत सो सम्बन्धमा भएरगरेका निर्णय एवम् पत्राचार कार्यान्वयन नगर्नुरनगराउनु भनी अन्तरिम आदेश माग गरिएको थियो।

सर्वोच्चले यी कुनै पनि कुरा कार्यान्वयनमा रोक लगाउन नमिल्ने तर ऐनमा व्यवस्था नभएसम्म बढुवा नै प्रभावित हुने गरी अघि बढ्न नमिल्ने आदेश दिएको हो।

एमपीएस सञ्चालन कार्ययोजना २०८१ को दफा २० मा एमपीएसमा आधारित बढुवा कोटा प्रणाली लागू गर्ने प्रक्रिया अघि बढिसकेको छ।
एमपीएस मापदण्ड एवम् एमपीएसमा उत्तीर्णलाई बढुवा गर्दाका प्रतिशत निर्धारण एवम् दफा २१ मा बढुवाको अंक प्रणाली निर्धारण गरी प्रहरी कर्मचारी नियमावलीमा समावेश गर्न प्रस्ताव पेस भएको र सो प्रस्ताव प्रहरी महानिरीक्षकबाट स्वीकृत भई एमपीएस कार्यक्रम भर्नाको प्रक्रियासमेत अघि बढिसकेको छ।

यो व्यवस्था कार्यान्वयन भएमा एमपीएस नगर्ने प्रहरी अधिकारीहरू प्रहरी नायब महानिरीक्षक बन्न पाउने छैनन्। उनीहरू बढीमा एसएसपीसम्म मात्रै हुनेछन्। सशस्त्र प्रहरी र नेपाली सेनामा भने अहिले नै कार्यान्वयनमा छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu