ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कागेश्वरी मनोहराको वैद्यचौरमा पहिरो रोकथाम र सडक पुनर्निर्माण गर्न सोविता गौतमको माग


एबीसी न्यूज
६ चैत्र २०८१, बिहिबार   १ : ४०   बजे

काठमाडौं ७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट प्रतिनिध सभा सदस्य सोबिता गौतमले काठमाडौँ क्षेत्र नम्बर २ मा पर्ने कागेश्वरी मनोहरा नगरपालिकास्थित वैद्यचौरमा पहिरोका कारण स्थानीयका घर जोखिम रहेको भनी सरकारको ध्यानाकर्षण गराएकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले वैद्यचौर नजिक ३ वर्षअघि गएको पहिरोका कारण रोडको डिल पूर्ण रूपमा भत्किएर स्थानीयका घर पनि लड्ने सम्भावना रहेको बताएकी हुन्।

त्यतिबेला तत्कालीन सरकारमा रहेका पार्टीका कार्यकर्ताका घरअगाडिको बाटोमा मात्र तारजाली राखी संरक्षण गरिएको तर सर्वसाधारणको घरलाई बेवास्ता गरिएको आरोप उनले लगाएकी छन्।

‘काठमाडौँ क्षेत्र नं(२, कागेश्वरी मनोहरा नपा वैद्यचौरनजिक ३ वर्षअघि गएको पहिरोका कारण रोडको डिल पूर्ण रूपमा भत्किएको थियो। केही पशुचौपायाहरू लडेर मरेका थिए। रोडमा पहिरो गएको कारण किनाराका घरहरू जोखिममा परेका थिए। तर, सोही स्थानमा तत्कालीन सरकारमा रहेका पार्टीका कार्यकर्ताको घरअगाडि रहेको बाटोमा थोरै मात्र ग्याभियन वाल लगाएर संरक्षण गरियो, जबकि सर्वसाधारण स्थानीयको घरअगाडि रहेको बाटो, जुन पहिरोले आधा भत्काएर जोखिमयुक्त बनेको छ र घर पनि लड्ने सम्भावना छ, त्यो २०७७ सालदेखि अहिले सम्म मर्मत गरिएको छैन’, सांसद शर्माले संसद्‌मा भनिन्, म सोध्न चाहन्छु( के यो देशको बजेट केवल पार्टीका कार्यकर्ताहरूका लागि मात्र होरु म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोखिममा रहेका घरहरूअगाडि पहिरो रोकथामका उपाय अपनाई सडक पुनर्निर्माण गर्न अनुरोध गर्दछु।’

यस्तै उनले दाङ लमहीको सिसौ बगरमा तारबारले घेरेर बन्धक बनाइएका गाईगोरु भोक र तिर्खाले छटपटाइरहेको जानकारी पनि गराइन्।

उनले भनिन्, ‘यो अमानवीय क्रियाकलापप्रति सरकारको गम्भीर ध्यानाकर्षण होस्। गाईगोरुहरूको तत्काल उद्धार गरी उचित व्यवस्थापन प्रक्रिया सुरु गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group