काठमाडौं १० चैत । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले नेपालसँग पर्याप्त बिजुली नरहेको बताउनुभएको छ ।
आज काठमाण्डौमा अयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको विवादले नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भएको बताउनुभयो । साँच्चै लोडशेडिङमुक्त हुन घरसँगै उद्योगमा पनि नियमित बिजुली हुनुपर्ने उहाँको भनाइ छ ।
२८ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने कुरामा आफूहरू अघि बढिरहेको भन्दै अध्यक्ष कार्कीले त्यो पूरा गर्न आफूहरूले २० वटा सुझाव मन्त्रालयलाई दिएको बताउनुभयो । उहाँले नेपाललाई समृद्ध बनाउने पाटो जलविद्युत् नै रहेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्